khasi

शिक्षक बनाइदिने भन्दै एक वडाध्यक्षले खसी उपहार मागेको खुलेको छ । बालबिकासमा शिक्षक बनाइदिने भन्दै स्थानीय महिलाबाट खसी मागेको बताइएको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– ८ का वडाध्यक्ष जनकबहादुर केसीले बिमला केसीसँग विद्यालयमा शिक्षिका नियुक्त गरिदिने भन्दै खसी घूस लिएको खुलेको हो ।

वडाअध्यक्ष केसीले स्थानीय लालिगुराँस आधारभूत विद्यालयमा बालशिक्षामा जागिर लयाइदिने भन्दै १४ हजार मूल्यबराबरको खरिद र मदिरा खाएको बिमलाले आरोप लगाएकी छन् । ‘वडाध्यक्ष सहितको टोलीले बालविकासमा शिक्षिका नियुक्त गरिदिने भन्दै खसी काटेर खानु भएको हो’ उनले भनिन्, ‘तीन वर्ष निजी स्रोतबाट विद्यालयमा पढाए पनि स्थानीय तहको चुनावपछि मलाई स्रोतले नधानेको भन्दै हटाइएको थियो ।’

विद्यालयले बालशिक्षाका लागि आवेदन माग गरेपछि वडाध्यक्ष जनकबहादुर केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्ध सहकारी र प्रधानाध्यापक आशा सहकारीले शिक्षिका बनाउने भन्दै खसी खाएर नियुक्ती पनि दिए तर स्कुलमा हाजिर हुन नदिएको बिमलाको आरोप छ ।

‘अध्यापन अनुमतिपत्र नभएकोबारे वडाध्यक्ष पहिल्यै भनेको थिए, तर उहाँले कुरा मिल्छ भन्दै खसी काट्न लगाए’, उनले भनिन् । पहिलोपटक नियुक्ति गर्दा कुखुरा खाएका वडाध्यक्षसहितको टोलीले भदौको नियुक्ति दिँदा १० हजारको खसी २ हजारको कुखुरा खाएको विमलाले बताइन् ।

वडाध्यक्ष केसीले बिमलाको जागिरका लागि पहल गरिरहेको बताए । अरुको अध्यापन अनुमतिपत्र भए पनि ल्याउनुस् भनेको अध्यक्ष केसीले बताए । ‘उहाँले अनुमतिपत्र ल्याउनु भएन’ उनले भने, ‘नियुक्ति दिइएकाले जसरी पनि बिमलालाई जागिर दिन्छौं ।’

बिमला नियुक्ति भएको खुशियालीमा खसी काटेर खाएको अध्यक्ष केसीले स्वीकार गरे । विद्यालयका प्रधानाध्यापक आशा सहकारीले बालशिक्षामा शिक्षक नियुक्त नभएको बताइन् ।

उनले बिमलालाई भदौ महिनामा नियुक्ति दिएको भए पनि लाइसेन्स नहुँदा विद्यालयमा हाजिर नगराइएको बताइन् । ‘नियुक्ति दिइसकेको भए पनि आशाको लाइसेन्स नभएकाले आफूहरूले पुनः विज्ञापन गरिएको छ,’ उनले भनिन् ।

यो पनि पढ्नुहोस !

छानबिनमा तानिए खसी काण्डमा फसेका डिएसपी

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...