Hidden
गोकर्णेश्वरको ओम गाई फार्ममा आगलागी, ५२ वटा गाई मरे, थुप्रै घाइते
काठमाडौँ -काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ रुप्सेटारमा रहेको एक गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरेका छन् । गाई, बाच्छाबाच्छी गरेर अन्य ६८ वटा घाइते बनेका छन् । फार्ममा ७५ वटा दुहुनो गाई, २२ ब्याउने र बाच्छाबाच्छी गरी १ सय २२ थिए ।
शनिबार बिहान ११ बजेतिर अचानक ओम कृषि फार्ममा आगलागी भएको हो । नेपाली सेना र प्रहरीको टोलीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।
महानगरीय प्रहरी वृत्त बौद्धले टोली घटनास्थलमा खटिइरहेको बताएको छ । वृत्तका अनुसार ठूलो आगलागीको घटना भएकोले क्षतिको विवरण आउन बाँकी छ । बिहान ११ बजेपछि लागेको आगो दुई घण्टाको अवधिमा निभाइएको छ ।
आगलागीबाट १२ टन दाना, डेढ सय गाईलाई ओछ्याउने म्याट जलेका छन् । २ सय २० लम्बाई र ४० फिट चौडाई रहेको गोठ पूरै जलेको छ । आगलागीबाट झन्डै चार करोडको क्षति भएको अनुमान छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...