tealaya add

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ आरुबोटे हत्या काण्डमा मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ  ।

Kantipathnews Panchthar murder

आरुबोटेमा ६ जेठ राति एकै परिवारका नौजनाको सामूहिक हत्या भएको थियो ।

घटनापछि माखिम पनि झुन्डिएको अवस्थामा फेला परेका थिए । हत्याकाण्डमा प्रहरीका चार टोलीले अनुसन्धान गरेका थिए ।

जसमा ३३ वर्षीय माखिमले हत्या गरेको निष्कर्ष निकालिएको छ । यससम्बन्धी प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सभालाई जानकारी दिएका छन् ।

मानबहादुर मनोरोगी

मानबहादुर मनोरोगी रहेको प्रहरीले जनाएको छ । उनी वैदेशिक रोजगारमा गएका थिए । तर, पैसा कमाउन नसकेपछि निराश भएर फर्किएका थिए । 

झैझगडा हुन थालेपछि उनकी पत्नी माइत गएर बस्न थालेकी थिइन् ।

उनीहरूबीच सम्बन्धविच्छेदको मुद्दा पनि चलेको थियो ।  उनले मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए ।

सीता प्रदेश सरकारको जिम्मामा

दुई साता अघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ ।

दमकको लाइफलाइन अस्पतालमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि आज गाँउपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिमा बालिकालाई प्रदेश सरकारले जिम्मा लिएको हो ।

परिवारको स्वीकृतिमा बालिकालाई प्रदेश सरकारका प्रतिनिधिलाई जम्मा दिईएको गाँउपालिका अध्यक्ष माखिमले वताए ।

बालिका बुझन प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोका स्वकीय सचिव सुजन मंग्राती, इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राईसहितको टोली अस्पताल आएको थियो ।

प्रहरीको निगरानीमा उपचाररत बालिकालाई कानुनी प्रकृया पूरा गरेर गाँउपालिकाका अध्यक्ष माखिमलाई बुझाईएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले वताए ।

कक्षा ९ मा अध्ययनरत बालिकाको पठनपाठन सुचारु गर्न इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयमा भर्ना गरिने बताईएको छ ।

गत जेठ ६ गते भएको हत्याका घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो ।

दमक ल्याईए पछि बालिका खजुमको लाइफलाइन अस्पतालमा उपचाररत रहेकी थिईन् ।          

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...