annapurna add

भारतको राजधानी दिल्लीमा एक करोड बढी नगद चोरी प्रकरणमा संग्लन रहेको भन्दै कांग्रेसका एक नेता कैलालीबाट पक्राउ परेका छन्। धनगढी निवासी कांग्रेस नेता पदम नेपाली पक्राउ परेका हुन्।

padam nepaliउनी नेपाली कांग्रेसको भातृ संगठन दलित संघका पूर्व केन्द्रिय सदस्य हुन्। 

उक्त घटनामा ६५ लाख भारतीय रुपैँया नगद सहित तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

गौरीगंगा– २ की बिन्दा थापा, बाजुरको बुढिगंगा –१ घर भएका २९ बर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुलाई संरक्षण गर्ने कार्यमा नेपालीले भुमिका खेल्दै आएको देखिएपछि पक्राउ गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर