tealaya add

 water 9

 काठमाडौँसहित देशको धेरैजसो ठाउँको मौसम सोमबार आशिंकदेखि सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सोमबार विषेशगरी पूर्वका केही ठाउँ, मध्य-पश्चिम र सुदूर-पश्चिमका केही ठाउँमा अलि ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।

मनसुन गतिविधि बढेका कारण पानी पर्ने सम्भावना रहेको उहाँको भनाई छ । तर आइतबार जस्तो भारी वर्षाको सम्भावना भने नभएको मौसमविद् अर्यालले बताउनुभयो ।

सोमबार बेलुका भने देशको सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । अबको १/२ दिनको मौसम यस्तै हुने छ ।

यसैबिच सोमबार पानी परेपछि देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने तर खतराको तह पार नगर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...