annapurna add

panitar baganइलाम जिल्लाकै महत्वपूर्ण पयटर्कीय गन्तब्य बनेको छ पानीटार । थुम्कै थुम्कामा फैलीएको देउमाई नगरपालिका–३ रहेको  चियाबगानले भरिएको पानीटार पर्यटक तान्ने गतिलो गन्तब्य बनेको छ ।  इलामको पर्याय बनेको चियाले हाँसपोखरी,फिक्कल बजार , कन्याम,पशुपतिनगर , करफोक , अन्तु, इलाम बजार मात्र हाेइन पानीटारले पनि चियाकै आकर्षणले पर्यटक तान्न थालेको छ ।

रमणीय चियाबारीले जो कोहिको मन छुने गर्दछ । प्राकृतिक सौन्दर्यताले भरिएको पानीटार प्रसार प्रचारको अभावमा  पछि परेको छ । इलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा अवस्थित पानीटार चियाबगान साढे चार सय रोपनीमा फैलिएको छ ।‘अझै पनि पानीटारको विषेशता बारे धेरैलाई थाहा छैन । चालुआर्थिक बर्षमा पानीटारको चियाबारी वरिपरी घुम्नको लागि र पर्यटकलाई सहज होस् भनेर साईक्लिङ्गको अवधारण नगरपालिकाले अगाडी बढाएको छ । साइकलमा चढेर घुम्ने बाटो निमार्ण गर्नका लागी ५ लाख बजेट विनियोजन गरिएको छ । बाटो निमार्ण भएपछि बैशाखको पहिलो सातामा राष्ट्रिय साइकल दौड प्रतियोगिता आयोजना गरिने  देउमाई–३ का वडाध्यक्ष  एवम् नगर प्रवत्ता दावा तामाङले बताए । उनले थपे  ‘तर पनि आगन्तुक थपिँदै गएका छन् ।’

साइकल दौढ प्रतियोगिता सम्पन्न भएपछि पानीटार पर्यटन महोत्सवको आयोजना गरिने समेत प्रवक्ता तामाङले बताए ।  चियाबारीको रमणीयतासँगै दृश्यावलोकन, मन्दिर र खेलमैदानले पनि धेरैको रोजाइमा पानीटार पर्न थालेको हो । झट्ट हेर्दा कन्यामको झल्को दिने पानीटार थुम्का थुम्काले रमर्णीय क्षेत्र वनभोज स्थलका लागि पनि सम्भावना बोकेको स्थान हो ।

पर्यटक तान्ने सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउँदै पूर्वाधार विकासमा पनि स्थानीयले मेहनत गर्न थालेका छन् । देउमाई नगरपालिकाको मंगलबारे बजारबाट ३ किलोमिटर टाढाको पानीटार आसपास होमस्टे व्यवस्थापनको पनि सुरुवात  भएको छ । पानीटारसहित त्यस क्षेत्रका धार्मिक र पर्यटकीय स्थलमा आउने आगन्तुकलाई लक्षित गर्दै मंगलबारेमा व्यवस्थित होटलसमेत खुल्न थालेका छन् । नगरपालीकाले होमेस्टेको अवधारण अगाडी सारेको छ । ‘सडकको अवस्था सुधार हुँदै गएकाले पनि यस क्षेत्रमा पर्यटक थपिँदै जानथालेका छन् । पानीटारका डाँडाकाँडाबाट जिल्लाका विभिन्न स्थानसँगै तराईका फाँटसमेत देख्न सकिन्छ ।

यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्त्वपूर्ण छ । जिल्लामा पर्यटन विकासको लहर चलेसँगै यहाँका बासिन्दा पनि पर्यटक तान्न कस्सिएका हुन। पानीटार आसपासका क्षेत्र पनि रमणीय प्राकृतिक सौन्दर्यले सजिएका छन् । दक्षिणतर्फ रहेका सिद्धिथुम्काडाँडा, अजम्बरेडाँडा, जितपुरको झ्याउपोखरी, खान्द्रुङ गुफा लगायतका पर्यटकीय क्षेत्र पनि प्रसिद्ध  छन् । यस क्षेत्रका सबै पर्यटन केन्द्रलाई एकीकृत रूपमा विकास गर्ने हो भने राम्रो गन्तव्य बन्न सक्ने उधोग वाणिज्य संघ मङ्गलवारेका अध्यक्ष तारा थापाको भनाई  छ ।

पानीटार क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्थालाई थप गर्नुपर्ने देखिएको छ । चियाबारीभित्र ठाउँठाउँमा बस्ने र रमाइलोका लागि गोलघरहरू निर्माण गरिएको छ । सदरमुकामबाट नेपालटार हुँदै गाग्रेभञ्ज्याङबाट ओरालो झरेपछि पानीटार पुग्न सकिन्छ । झापाबाट सिद्धिथुम्का, सोयाक, जितपुर हुँदै मंगलबारे पुग्ने सडकले पनि पानीटारको चाम बढ्दै गएको छ । मेचीराजमार्गको लामो फेरोको विकल्पमा करिब ५६ किलोमिटरमा झापाको बिर्तामोडबाट सिधै पानीटार पुग्न सकिन्छ । यो सडक पक्की भए पानीटारसँगै यस क्षेत्रका समग्र पर्यटन स्थलमा पर्यटक बढ्नेमा स्थानीय आशावादी देखिन्छन् ।यस क्षेत्रकाे पर्यटन पूर्वाधार विकास गर्न सके ईलामको मात्र हाेइन नेपालकै महत्वपूर्ण गन्तव्य बन्ने पक्का छ। रेडियो बुद्धबाणी सहयाेगमा ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...