काठमाडौं । रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गर्ने परशुराम गुरुङ पक्राउ परेका छन  विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोप उनलाइ लगाइएकाेछ । 

kantipathnews Parashuram Gurung

थाइल्यान्डको बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं ल्याइएको छ । 

 उनलाई थाइल्यान्डबाट काठमाडौं ल्याएको हो । गत चैतमा गुरुङ बैंककमा पक्राउ परेका थिए । २०७१ सालदेखि नै उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।

नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले २०७२ साल असार २९ मा गुरुङविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

लामो समयपछि बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्याण्ड प्रहरीले गुरुङलाई गत चैतमा पक्राउ गरेको थियो ।

उनले सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिसँग कुराकानी गरी विकसित मुलुकमा राम्रो काम र कमाईको प्रलोभन देखाएर ठगी गर्दै आएका थिए ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तथा मानव ओसारपसारमा संलग्न गुरुङ अहिलेसम्मकै ‘खतरनाक गिरोहका नाइके’ भएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङविरुद्ध ५२ वटा मानव ओसारपसारसम्बन्धी उजुरी परेको जनाएको छ ।

ती उजुरीमा ५ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै पीडितले विगो बराबरको रकम माग गरेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...