tealaya add

11 2

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा पहिरोका कारण २८ परिवार विस्थापित भएका छन् । गएको साता मुसल धारे पानीपछि पहिरो जाँदा उनीहरू विस्थापित भएको स्थानीयवासी मक्करध्वज राईले बताए ।

“पहिरोले अन्नबाली र अलैँची सखाप पारेको छ”, उनले भने, “पीडित परिवार उद्धारको पर्खाइमा छन् ।” घरमा बस्न सक्ने अवस्था नहुँदा विस्थापित परिवार नजिकैको खुला ठाउँमा बसेका छन् । घरमा भएको अन्नपात सकिएपछि उनीहरूलाई के खाने भन्ने चिन्ता परेको राईले बताए ।

स्थानीयवासी शैलेन्द्र राई पहिरोका कारण बाटोघाटो भन्दा भएको बताउँछन्। खानेपानीको मुहानसमेत पहिरोले बगाएको छ । “आकाशे पानी सङ्कलन गरेर पिउने गरेका छौँ”, उनले भने । पेपुवाबाट मकालु गाउँपालिकाको केन्द्रसम्म पुग्न सात घण्टा लाग्छ । उनीहरू किनमेल गर्न नाम र हेदाना बजार पुग्न सकिरहेका छैनन् ।

पहिरो पीडितका लागि मकालु गाउँपालिकाले राहत सामग्री सदरमुकाम खाँदबारीमा तयारी अवस्थामा राखेको प्रजिअ जीवनप्रसाद दुलालले बताए । गाउँपालिकाले विस्थापितका लागि चामल ११७ बोरा, दाल १२ बोरा, एक सय किलो नुन, पाइप, पानी राख्ने ट्याङ्की र ७४ त्रिपाल खरिद गरेको छ ।

“मौसमका कारण उद्धार र राहत उपलब्ध गराउन समस्या भएको हो”, उनले भने ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...