1478958692 banner ad format

 
 

भोजपुर। भोजपुरमा पिकअप भ्यान दुर्घटना हुँदा एक महिलासहित आठजना घाइते भएका छन् । 

हतुवागढी गाउँपालिकाको घोरेटारबाट भोजपुर सदरमुकाम आइरहेको ग १ च ८७१८ नंको पिकअप भ्यान आज अपराह्न भोजपुर नगरपालिका–१२ टक्सारमा दुर्घटना भएको हो । 

सडकबाट करिब १५ फिट तल भ्यान पल्टिँदा हतुवागढी–१ का ५४ वर्षीय लालबहादुर बस्नेत, हतुवागढी–३ कै ४८ वर्षीया सुखमाया लिम्बू, ४१ वर्षीय सूर्यबहादुर राई र हतुवागढी–४ का ४६ वर्षीय कृपालसिंह राई घाइते भएका छन् । 

यस्तै, घाइते हुनेमा हतुवागढी–८ का कृष्ण चोखाङ, हतुवागढी–५ का ज्ञानबहादुर खुलाल, मोरङ रङ्गेलीका ५४ वर्षीय बाबुराम भण्डारी र हतुवागढी पात्लेपानीका श्रीबहादुर राई रहेका छन् । 

घाइतेमध्ये सुखमाया लिम्बू, लालबहादुर बस्नेत, सूर्यबहादुर राई र कृपालसिंह राईको जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचारपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप उपचारका लागि पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल, भोजपुरमा उपचार भइरहेको जनाइएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood