1478958692 banner ad format

 
 

पोखरा । पोखरा बस व्यवसायी समितिले शुक्रबार साँझदेखि पोखरा–लेखनाथ महानगरपालिकामा सन्ध्याकालीन बस सेवा शुरु गरेको छ । 

Pokhara Lekhanath Metropolitan
रातिसम्म महानगरवासीलाई सेवा दिने उद्देश्यले सन्ध्याकालीन बस सेवा शुरु गरिएको समितिका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिए । समितिले हाललाई दुई बाटाबाट सेवा शुरु गरेको हो । पहिलोमा हल्लनचोक–बाराहीचोक–राष्ट्र बैंकचोक–बिरौटा–एयरपोर्ट–लखनचोक–भीमसेनचोक–नदीपुर हुँदै बगरसम्म तथा दोस्रो बाटामा जिरो किलोमिटर–सिर्जनाचोक–सभागृहचोक–चिप्लेढुंगा– हस्पिटल–माटेपानी हुँदै काहुँखोला जाने बाटो तय भएको छ । 

सेवाग्राहीको माग बढ्दै गएमा थप बाटो पनि थप्दै जाने बताइएको छ । अहिले साँझसम्म मात्रै बस चल्दै आएकामा समय बढाएर राति ९ बजेसम्म सञ्चालन गरिने अध्यक्ष गुरुङले बताए । 


सन्ध्याकालीन सेवाका लागि समितिले हाल आठ बस सञ्चालनमा ल्याएको छ । महानगरका ३३ वटै वडामा समितिले अहिले ३७८ वटा सुविधासम्पन्न नगर बस सञ्चालन गर्दै आएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood