1478958692 banner ad format

 
 

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–१८ पस्र्याङ्ग पाखामा गए राति आएको भीषण वर्षासँगै घर माथिबाट आएको पहिरोले ब्लकले बनेको घर पुरिँदा एक बालकको मृत्यु भएको छ । 

Pokhara Lekhanath Metropolitan Heavy rain landslide

सो ठाउँमा रहेको तारापति अधिकारीको घर पहिरोले पुरेपछि हजुरआमासँगै सुतेका १४ वर्षीय बालक टङ्क क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । 

पहिरोले पुरेर सख्त घाइते भएका क्षेत्रीको उपचारार्थ फिस्टेल अस्पताल ल्याइएकामा उपचार गर्दागर्दै उनको मृत्यु भएको छ । मृतक शनिबार मात्रै मामलीको घरमा बस्न आफ्नो घर स्याङ्जाबाट पोखरा आएका थिए । पहिरोले घर पुरेपछि उनीसँगै सुतेकी हजुरआमा भागेकाले बच्न सकेको प्रहरीले जनाएको छ । 

त्यस्तै, फिर्के खोलामा आएको बाढीले खोलामा राखिएको ह्युम पाइप जाम हुँदा वरपरका नौ घर जलमग्न भएका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood