Hidden
पोखरा लेखनाथ महानगरपालिकाको २६ र २९ वडामा एमालेको प्यानल विजयी
पोखरा। पोखरा लेखनाथ महानगरपालिकाको २६ र २९ नं वडामा नेकपा (एमाले)को प्यानल विजयी भएको छ ।
महानगरको २६ नं वडाको अध्यक्षमा एमालेका नारायणप्रसाद बराल दुई हजार १३० मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मुरारी शर्माले एक हजार ५८६ मत प्राप्त गरे।
वडाको महिला सदस्यमा मुरली थापा, दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा, खुला सदस्यद्वयमा रामकृष्ण जिसी र खड्कबहादुर रानाभाट विजयी बनेका छन ।
यस्तै वडा नं २९ को अध्यक्षमा एमालेकै चेतबहादुर गुरुङ एक हजार ४४८ मतसहित विजयी बने । उनका निकटतम प्रतिद्वन्दी दीपकमणि भण्डारीले एक हजार २२३ मत प्राप्त गरे ।
वडाको महिला सदस्यमा निर्मला पौडेल, दलित महिला सदस्यमा मनकुमारी सुनार, खुला सदस्यद्वयमा थलबहादुर पाण्डे र हेमबहादुर बानियाँ निर्वाचित भए ।
प्रकासित मिति
Loading...
Loading...
Loading...