1478958692 banner ad format

 
 

पोखरा  । पोखरा लेखनाथ महानगरपालिकाको मध्यभागमा पर्ने बिजयपुर खोलाको पुलमा बिहीबार दिउँसो अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको छ ।

Pokhara Lekhanath Petrol bomb attack

कांग्रेसको चुनावी प्रचारका लागि पोखराबाट लेखनाथतर्फ गइरहेको बा ३ ख १४८३ नम्बरको जीपलाई लक्षित गरेर बम प्रहार भएको हो ।अपराहृन करीब ३ बजे भएको घटनामा कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बम प्रहार भएपनि गाडी अगाडि बढिसकेकाले क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । घटनापश्चात प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ भने बम प्रहार गर्नेको खोजी तिव्र पारेको जनाएको छ ।

यद्यपी अहिलेसम्म कोहि पनि पक्राउ नगरिएकाले यसै भन्न नसकिने डिएसपी खत्रीले बताए । थप घटना हुन नदिन कास्कीका सबै क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उनले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood