police kantipathnews

काठमाण्डाै जेठ १६ । ,प्रहरी प्रधान कार्यलयले बिभागिय नीति निर्देशन लाई आत्मसात गरि निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्त्वपूर्ण भुमिका निर्बाह गरि प्रशाशनिक ब्याबस्थापन तर्फ कुशलता पुर्बक कार्य सम्पादन गरेको भनी ५ अधिकृत लाई आइजिपी खनाल ले रेकर्ड मा जनिने गरि प्रतिब्यक्ती रु २५०० द्वारा पुरस्कृत गरेका छन।त्यस्तो पुरस्कार पाउने मा एसपी चन्द्र कुबेर खापुङ,दान बहादुर कार्की,मुकुन्द मरासिनी,डिएसपी ऋषिराम कणेल र इनिस्पेक्टर गोविन्द पन्थी छन।

एसपी चन्द्र कुबेर खापुङ र निरीक्षक गोविन्द पन्थीले कर्मचारी प्रशासन शाखामा रहि आइजिपी सर्बेन्द्र खनाल को Spirit अनुसार अहोरात्र खटिइ एक बर्ष मै १७४४ जनाको नया नियुक्ति  तथा पदस्थापना,३२००० को सरुवा८१८७ जनाको बढुवा गरि कर्मचारी को बृती बिकास मा महत्वपूर्ण योगदान पुर्याएका थिए।एसपी दान कार्की ले महानिरीक्षक को सचिवालयमा रहि नीति निर्देशन को कार्यावन एबम समन्वय मा महत्वपूर्ण योगदान गरेका थिए।डिएसपी ऋषिराम कणेल ले सरुवा बढुवा भएका एबम सरुवा भै एकै ठाउँ मा बर्शौ बसि अड्डा जमाएका कर्मचारी लाई आ आफ्नो दरबन्दी मा पठाउन योगदान पुर्याएका थिए।

सरुवा भएको स्थान मा लामो अबधी सम्म नपठाए पछि प्रधान कार्यलयले ले ६ बुधे कडा निर्देसन जारि गरेको थियो जस्मा भनिएको थियो १५ दिन भित्र तोकिएको स्थान मा प्रत्येक कर्मचारी लाई नपठाइए कडा कार्बाही गरिने।त्यस्तो निर्देसन को सतप्रतिशत कार्यान्वयन गर्ने सिन्धुपाल्चोक का एसपी मुकुन्द मरासिनी पुरस्कृत भएकाहुन भने निर्देशन को अवज्ञा गर्ने कार्यालय प्रमुख हरुको अभिलेख राखी कडा कार्बाही गर्न आइजिपी खनाल ले निर्देशन दिइसकेको ले अबको केहिदिनमै त्यस्ता अधिकारिलाइ कार्बाहिको दायरामा ल्याइने उनले बताए।

आइजिपी सर्बेद्र खनाल कमान्ड सम्हाले पश्चात् राम्रो काम गर्ने५५०० प्रहरी कर्मचारी पुरस्कृत भएका छन भने ३६५० कर्मचारी बिभागिय नीति बिपरित का काम कार्बाही मा सङ्लग्न भएको भनी कारबाहीमा परेका छन।

यसरी आइजिपी खनाल ले प्रहरी सङठनको कमान्ड control मजबुत गरि प्रहरी लाई समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत ६५३ स्थानीय निकाय मध्ये ६५१ स्थानीय निकाय सङ MOU गरि प्रहरी लाई स्थानीय जनता सङ जोड्न सफल भएका छन भने त्यसै मार्फत अपराधीक गतिबिधिका सुचना लिने र प्रहरी को आचरण र ब्याबहार को स्थानीय प्रतिनिधि मार्फत सुचना लिइ सुधार एबम कार्बाही को योजना ल्याइ सङठन लाई साच्चिकै जनमैत्री बनाएर एशिया कै उत्कृष्ट सङठन बनाउने अभियान मा उनि प्रयासरत रहेको पाइन्छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर