tealaya add

NCELLNEWS123 KANTIPATH

हेटौंडा : राज्यलाई बुझाउनुपर्ने कर नबुझाएको भन्दै पछिल्लो समय फेरि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एनसेलको टावरमा आक्रमण सुरु गरेको छ ।

यसअघि पनि पटक पटक एनसेललाई आक्रमण गरी क्षति पु¥याउँदै आएको थियो । बिहीबार राति मकवानपुरसहित देशैभरका एनसेल टावरमा आक्रमण भएपछि यतिबेला प्रहरीलाई टावरको सुरक्षा दिएर भ्याईनभ्याई भएको छ ।

सर्वसाधारणको शान्ति सुरक्षामा खटिनुुपर्ने प्रहरी यतिबेला एनसेलको टावरको सुरक्षामा व्यस्त छ । दिनरात नभनी एनसेलको टावरलाई प्रहरीले विशेष सुरक्षा दिइरहेको छ । टावरमा थप क्षति नपुगोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्ना सबै युनिटलाई एनसेल टावर केन्द्रीत गरेको छ ।

‘कामै यही टावर रुङ्ने भएको छ । राति एउटा टोलीले सुरक्षा दिन्छ, दिउँसो अर्कोले’, एक जुनियर प्रहरी अधिकृतले भने, ‘माथिको आदेश मान्नैप¥यो हजुर । कतिदिन सम्म यो एनसेलको टावरलाई सुरक्षा दिनुपर्ने हो थाहा छैन ।’ विप्लवका नेता कार्यकर्ताले एनसेलका टावरलाई निशानामा राखिराखेका छन् ।

बिहीबार राति थाहा नगरपालिकामा रहेको दुईवटा र ईन्द्रसरोवर गाउँपालिकाको एउटा टावरमा आक्रमण गरेको थियो । थप क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

‘टावरको सुरक्षा पनि हाम्रै दायित्व हो । पछिल्लो समय एनसेलको टावरको सुरक्षा चुनौती बढेकोले हामीले मातहतको टोली खटाएका छौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख ९प्रहरी उपरीक्षक० मुकेशकुमार सिंहले भने, ‘राज्यको सम्पति तोडफोड हुन नदिनु र जोगाउनु प्रहरीको दायित्व हो । हामी यसप्रति सचेत छौं ।’ टावरमा आक्रमण गरी क्षति पु¥याउनेहरुको अनुसन्धान एवम् खोजी कार्य भैरहेको एसपी सिंहले जानकारी दिए । मकवानपुरमा एनसेलको ५७ वटा टावर रहेको छ ।

सबै टावरको मकवानपुर प्रहरीले रेखदेख गरिरहेको छ । प्राय टावरमा पुगेर राति गस्ती समेत गरिरहेको छ । एनसेलको करको बिषयका कारण राज्यले आफूहरुमाथि प्रतिबन्द लगाएको विप्लवका नेता कार्यकर्ताको बुझाई रहेको छ ।

पछिल्लो समय फेरि एकैसाथ देशैभर एनसेलमाथिको आक्रमण सुरु भएको छ । यो संगै प्रहरीले आफ्नो सतर्कतालाई पनि बढाएको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...