tealaya add

gun
पछिल्लो चार वर्षयता प्रहरीसँगको मुटभेडमा मृत्यु भएका कुनै पनि घटनामा प्रहरीमाथि विस्तृत छानबिन र कारबाही हुन नसकेको देखिएको छ । 

यी हुन् विवादास्पद ८ इन्काउन्टरका घटना

घटना १ - गत ७ जेठमा मात्र सो विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरे भोजपुरमा प्रहरीको गोलीबाट मारिएका थिए । त्यसपछि सो समूहले प्रतिशोधस्वरूप थप हिंसा चर्काएको थियो । 

घटना २ -
बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत वर्ष २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । 

घटना ३ -
गुन्डागर्दी गरेको आरोपमा दिनेश अधिकारी ‘चरी’ र कुमार घैँटे भनिने कुमार श्रेष्ठसमेत प्रहरी गोलीबाट मारिएका थिए । दुवै घटनाको आयोगमा उजुरी परेको थियो । 

घटना ४ -
गएको माघमा सप्तरीको रूपनीमा प्रहरीको गोलीबाट दीपेन्द्र चौधरी मारिएका थिए । उनी पेसेवर अपराधी भएकाले घटनाको खासै विरोध भएन र प्रहरीले आन्तरिक छानबिन पनि गरेन ।

घटना ५ -
गएको पुष २९ मा रूपन्देहीमा प्रहरीको गोलीबाट केदार सहनी मारिएका थिए । सो घटना पनि शंकास्पद थियो ।

घटना ६ -
गएको वर्ष मनोज पुन र सोमबहादुर आले पनि रूपन्देहीमा प्रहरीको गोलीबाट मारिएका थिए । उनीहरूलाई भारतबाट पक्राउ गरेर ल्याई गोली हानिएको परिवारले दाबी गरी मानवअधिकार आयोगमा उजुरी गरेका थिए ।

घटना ७ -
गत माघमै गोंगबुको एक गेस्ट हाउसमा काभ्रेका अविनाश लामालाई गोली हानियो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोली हानेको थियो ।

घटना ८ -
दुई साताअघि मात्र कास्की प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोविन्द थापामाथि गोली चलाएको थियो ।

नयाँ पत्रिकामा खबर छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...