धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर–४ मा पर्ने दार्खा प्रहरीचौकीमा कार्यरत् प्रहरी सहायक निरीक्षक दिलबहादुर गुरुङ मृत अवस्थामा भेटिएका छन् ।

 

गुरुङको शव चौकीनजिकै बारीमा शुक्रबार भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गुरूङ मृत भेटिएपछि अनुसन्धानका लागि सदरमुकाम धादिङवेसीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

थप कुरा अनुसन्धानपछिमात्र थाहा हुने प्रहरी नायब उपरीक्षक दीपेन्द्र पँजियारले बताए ।

सदरमुकाम धादिङबेसीबाट घटनास्थल ३५ किलोमिटर टाढा रहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर