रसुवा– प्रहरी चौकी निर्माणका लागि पार्वतिकुण्ड गाउँपालिका २ की पोक्ची तामाङले ३ रोपनी जग्गा दान गरेकी छिन्। मंगलबार सदरमुकाम धुन्चेमा तामाङले हाकु प्रहरी चौकीलाई ३ रोपनी जग्गा प्रदान गरेको प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जनाए। 

उनले भने, ‘प्रहरी चौकी हाकुको आफ्नो नाममा जग्गा नहुँदा समस्यामा थियो, तामाङले ३ रोपनी जग्गा हस्तान्तरण गर्नु भयो। उहाँलाई जिल्ला प्रहरी कार्यालय रसुवाका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्छौं।’ 

जग्गा पाएसँगै प्रहरी चौकीको भवन निर्माणका लागि बाटो खुलेको क्षेत्रीले बताए। 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...