annapurna add

police ng logoइन्सपेक्टरको अगाडि कार्यालयमा उपरखुट्टी लगाएर बसेको आरोपमा एक युवकलाई प्रहरीले ६ घन्टा थुनेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका इन्सपेक्टर कृष्ण श्रेष्ठले सेवाग्राही मोहनलाल तामाङलाई हिरासतमा राखेका हुन् । इन्सपेक्टर श्रेष्ठको यस्तो हर्कत देखेर वृृत्तकै प्रहरीले आश्चर्य व्यक्त गरेका थिए ।

तामाङ गत १४ साउनमा उजुरी लिएर वृत्तमा गएका थिए । इन्सपेक्टरको अगाडि उपरखुट्टी लगाएर बसेको भन्दै उनी रिसाउँदै उनले ‘ठुलो बन्न खोजेको होस् ?’ भन्दै थुनेका हुन् । ६ घन्टा हिरासतमा राखेर उनलाई निकालिएका थियो ।

फुर्वा तामाङसँगको विवादमा उनी उजुरी दिन गएका थिए । विवादपछि भएको झगडामा उनलाई चोट लागेको थियो । तर, फुर्वा पक्षसँग मिलेर इन्सपेक्टर श्रेष्ठले दुव्र्यवहार गरेका हुन् । पीडित पक्षले यो घटनाबारे माथिल्लो निकायमा समेत उजुरी गरेको वृत्तकै एक प्रहरीले जानकारी दिए ।

प्रकासित मिति

 
 
Loading...