annapurna add

bardima tiktokमहानगरीय प्रहरी परिसर ललितपुरले पेस्तोल देखाएर बर्दीमै टिकटक बनाउने प्रहरीलाई लुभु प्रभागको इन्चार्जको जिम्मेवारी दिएको छ । ‘टिकटकमा भाइरल’ भएका प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापालाई परिसरले आइतबार महानगरीय प्रहरी प्रभाग लुभुको जिम्मेवारी दिएको हो ।

फागुनको दोस्रो साता सई थापाको प्रहरी पोशाक श्रीमतीले लगाएर हातमा पेस्तोल लिइ खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएको थियो । सुडालमा कार्यरत रहेका बेला प्रहरी पोशाकमै श्रीमतीसँग ‘टिकटक’ बनाएको आरोपमा उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो । त्यसअछि उनी चैतमामा ललितपुर परिसरमा हाजिर भएका थिए । तर, फेरि तिनै विवादित प्रहरी कर्मचारीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

गत शनिबार लुभुका इन्चार्ज रहेका सई टेकबहादुर माझीको मृत्यु भएपछि परिसरले थापालाई सो स्थानमा पठाएको हो । महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज रहँदा सई थापाले प्रहरी बर्दीमा पस्तोल देखाएर श्रीमतीसँग टिकटक बनाएका थिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...