annapurna add

किशोर तमाङ्ग पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा लकडाउनका कारण बेरोजगार भएपछि पुनर्वास नगरपालिका वडा नम्बर २, अरनिकोबस्तीका अधिकांश युवाहरू कुखुरा व्यवसायी तर्फ उन्मुख भएका छन।

hannn

युवाहरूको आकर्षणको केन्द्र बनेको कुखुरा पालन अहिले फस्टाउँदो क्रममा छन। गाउँघरमा बेरोजगारी भई त्यसै घुमीफिरी खाने युवाहरूनै यसरी ब्यवसायी गर्न थालेपछि युवाहरुलाई प्रोत्साहन स्वरूप पुनर्वास नगरपालिकाले निशुल्क कुखुराको आहार सहयोग गरेको छ।

पुनर्वास नगरपालिका २ स्थित अरनिको बस्तीमा लकडाउनको समय त्यसै बस्नु भन्दा केही आम्दानी हुने आशा लिई सो समय सदुपयोग गरि कुखुरा फर्म सञ्चालन गर्दै आएका युवाहरूलाई शनिबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले नगरपालिकाको तर्फबाट कुखुराको दाना सहयोग गरेको हो ।

लकडाउनका कारण विदेश जान नपाएपछी बेरोजगारी भई बस्नु भन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्य बोकी ब्रोईलर कुखुरा व्यवसाय सुरु गरेको अरनिकोबस्तीका युवाहरुले बताए ।

उनीहरुले नगरपालिकाले भारतको अवैध खुल्ला सिमा र चोरी नाकाहरु पुर्ण रुपमा बन्द गरिदिए नेपाली कुखुरा व्यवसाय फस्टाउने र आफुहरु जस्ता व्यवसायीहरुलाई ब्यवसाय गर्न थप उर्जा मिल्ने र निरन्तरता दिन सक्ने बताए ।

गत बर्षहरुमा अवैध नाकाहरुबाट ब्रोईलर कुखुराहरु नेपाल भित्रिए पछि नेपालमा कुखुरा व्यवसाय गर्ने व्यवसायीहरुले भारतीय कुखुरासंग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसाय धरासायी भइ घाटा बेहोर्नुपरेको अवस्था बारे नगर प्रमुख जिवनराज थापा को ध्यानाकर्षण गराएका थिए ।

व्यवसाय तर्फ आकर्षित बनेका युवा व्यवसायीहरुलाई कुखुराको दाना हस्तान्तरण गर्दै नगर प्रमुख थापाले खुल्ला नाका पुर्ण रुपमा बन्द गर्ने बताए ।

सो कार्यमा स्थानीय युवा, प्रहरी प्रशासन र ब्यवसायीहरु को सहायोग अनिवार्य रहने बताउनुभयो।  नगर प्रमुख थापाले कोरोना भाईरसको त्रासले भएको सिमा नाका बन्दका कारण पुनर्वासको कृषि लगायतको समग्र व्यवसायमा ठुलो वृद्धि भएको र नेपालीहरुलाई उद्यमी व्यवसायी बनाएको बताए ।

उहाँले कुखुरा पोल्ट्री फर्म सञ्चालन गर्दै आएका १५ जना व्यवसायीहरुलाई पचास किलोको एक एक कट्ठा दाना अहिले प्रोत्साहन स्वरुप सहयोग गरेको र आगामी दिनमा व्यवसाय गर्दै आए नगरपालिकाबाट अनुदान उपलब्ध गराउने बताए ।

लकडाउन भए पछि भारतीय कुखुरा भित्रीन नपाउदा नेपाली व्यवसायीहरुले अहिले कुखुरा ब्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्। हाल कुखुराको मुल्य प्रती केजी तीन सय देखि माथी बिक्री गर्दै आएका छन् । मूल्य राम्रो पाएपछी अझै सो टोलका आधिकाश युवाहरु पोल्ट्री फर्म निर्माणका लागि अग्रसर बनेका देखिन्छन् ।

हाल अहिले एउटै गाउँमा २२स्थानमा कुखुरा फर्म सञ्चालनमा छन। जसमध्ये १५पुराना फर्म र ७ वटा नयाँ फर्म सन्चालनका लागि तयारी अवस्थामा रहेको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...