annapurna add

Prachanda madiनेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

गृहजिल्ला चितवनको माडीमा शनिबार नेता/कार्यकर्तासँग भएको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक विवादबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डसहित शीर्ष नेताले स्थायी कमिटी बैठकमै राजीनामा मागेपछि नेकपाभित्र विवाद जारी छ। स्थायी कमिटी बैठक एक साता (साउन २) सम्म स्थगित भएपछि शनिबार चितवन पुगेका प्रचण्डले पार्टी एकता बलियो बनाउनुपर्ने पनि बताए।

कोरोनाको प्रभाव र असर देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उनको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन् । तर हामी सँधैं एक छौं,’ उनले भने । एकतालाई जोगाउन संघर्ष गरिरहेको भन्दै उनले भने, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु । पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।

उनले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्रिन र एक ढिक्का हुन आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’

आफू प्रधानमन्त्रीसँगकै परामर्शमा बाढीपहिरोको अवस्थाबारे बुझ्न चितवन आएको उनले बताए। पार्टीभित्रको आन्तरिक कुरा छलफलबाटै टुंगिने र पार्टी एकता थप बलियो उनले प्रचण्डको भनाइ थियो। उनले माडिको विकासका लागि आफूले सक्दो सहयोग गर्ने पनि बताए।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...