सुजन ढकाल, हेटाैडा । तीन नम्वर प्रदेशको नीति तथा कार्यक्रम यही जेठ १४ गते पेश गर्ने तयारी प्रदेश सरकारले गरेको छ । जेठ १४ गते बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।

pradesh3

सरकारले नीति तथा कार्यक्रम पेश गर्न तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रदेश सरकारले दोश्रो पटक ल्याउन लागेको नीति तथा कार्यक्रमले कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको प्रदेश तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । पहिलो वर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले अहिले भने सबै क्षेत्रलाई समेटेर उत्कृष्ट कार्यक्रम बनाउने तयारी गरेको छ ।

अघिल्लो वर्ष घोषणा गरिएका धेरै कार्यक्रमहरु कार्यान्वयन नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । प्रदेशको मौलिकता र छुट्टै पहिचान समेटिनेगरी नीति तथा कार्यक्रममा समेटिने मन्त्री ढुंगेलले बताए । प्रदेशको सांस्कृतिक, भाषिक, सामाजिक क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याईने उनले बताए ।

प्रदेश तीनलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन उन्मुख हुने गरी नीति तथा कार्यक्रमले सम्बोधन गर्ने उनले बताए । संघीय सरकारको नारालाई प्रदेश सरकारले साथ दिने गरी नीति तथा कार्यक्रम ल्याईने उनले बताए । नीति तथा कार्यक्रममा कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरण गर्ने, कृषिमा स्वरोजगार सृजना गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिने तयारी रहेको आर्थिक मन्त्रालयले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर