oooo

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले पुस्तकमाथि १० प्रतिशत भन्सार लिने व्यवस्था हटाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले कर लगाउँदा पुस्तक पढ्ने संस्कृति निरुत्साहित हुने बताए ।

लामो समयदेखि पुस्तक कर मुक्त हुँदै आएकोमा विभिन्न बाहनामा कर लगाउन नहुने सांसद गिरीले बताए ।

उनले भने, ‘पुस्तकका सौखिनहरू सत्तारुढ दलमा भएको र स्वयं विद्वान प्रधानमन्त्रीका पालामा पुस्तकमा कर किन ?’
उनी सञ्चारक्रान्तिको नाममा हामी सस्तो मनोरञ्जनमा अलमलिरहेको बताउँछन् ।

उनले भने, ‘कर भनेको आर्थिक विषय मात्रै होइन नीतिगत कुरा पनि हो, विद्धान अर्थमन्त्रीज्यूले यो कुरा बुझ्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर