1478958692 banner ad format

 
 

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य प्रतापराम लोहारको आज साँझ ७४ वर्षको उमेरमा निधन भएको छ । 

विगत केही समयदेखि मधुमेह, मिर्गाैला र उच्च रक्तचापबाट पीडित कञ्चनपुर निवासी उहाँको ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरे । स्व लोहारले काँग्रेसको संगठनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनि प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी  विज्ञप्तिमा जनाइएको छ । 

 
काँग्रेसले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood