1478958692 banner ad format

 
 

काठमाडौं । सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरुको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको छ । केन्द्रियद्रवीप्रकोप उद्धार समितिअन्तर्गतको आपूर्ति आश्रय तथापूनस्र्थापनाउपसमितिले क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको हो ।

Pravu Shaha


बुधबार सहरी विकास मन्त्रालयमा सहरी विकास मन्त्रीप्रभु साहको अध्यक्षतामा बसेको उपसमितिको बैठकले पूर्वाञ्चल क्षेत्रीयप्रशासनकार्यालयको इनरुवामा रहेको गोदामबाट झापा, मोरङ, सप्तरी, सिराहा, धनुषातथामहोत्तरीमात्रिपालवितरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी मध्यमाञ्चल क्षेत्रीयप्रशासनकार्यालयको हेटौंडामा रहेको गोदामबाट रौतहट, सर्लाही, बारा, मकवानपुर, पर्सा र चितवनमावितरण गर्ने निर्णय गरेको छ । त्यस्तै नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुपन्देहीमा काठमाडौं मानवीय सहायत स्थलबाट तथा कैलालीमा सुदुर पश्चिमाञ्चल क्षेत्रीयप्रशासनकार्यालय धनगढीको गोदाममा रहेको त्रिपालवितरण गर्ने निर्णय गरेको छ ।


मन्त्री साहले अस्थायी आवास निर्माणका लागितत्कालै क्षेत्रीयप्रशासनकार्यालयको गोदामघरमा रहेका सामग्रीवितरण गरिने जानकारी दिनुभयो । आवश्यकताहेरी वितरण गरिने त्रिपालको संख्यामाथपघट गर्नुपर्ने भएमाजिल्ला दैवीप्रकोप उद्धार समितिबाट सिफारीस भएबमोजिमगर्नकालागि क्षेत्रियप्रशासनकार्यालयहरुलाई निर्देशनदिइएको साहले बताउनुभयो ।


बैठकले बाढीबाट विस्थापितभई अस्थाई आवासको व्यवस्थागर्नु पर्ने घरधुरी तथा परिवारहरुको यथार्थ विवरण शहरी विकास मन्त्रालयमा यथाशिघ्र पठाउन जिल्ला दैवीप्रकोप उद्धार समितिहरुलाई निर्देशनदिने निर्णय समेत गरेको छ ।


बाढीग्रस्त जिल्लाहरुमाजिल्ला दैविप्रकोप उद्धार समितिको समन्वयमाआवश्यक परेका स्थानहरुमाशहरी विकास तथाभवननिर्माण विभागबाट तयार भएको नमूना डिजाइन अनुसार अस्थायी आवास निर्माण गर्न विभागको डिभिजन अनुसार कार्यालयहरुले प्राविधिक सहयोग पु¥याउननिर्देशनदिने निर्णय भएको छ ।

तथ्यांकगतविवरण
इनरुवा क्षेत्रियप्रशासनकार्यालयको गोदाममा रहेकात्रिपालतथा टेन्ट पूर्व तराईमावितरण गर्ने निर्णय गरेको हो । इनरुवाशाखामाभएका४४ हजार ८ सय त्रिपालतथा टेन्ट मध्ये झापामा ३ हजार, मोरङमा १० हजार, सुनसरी र सप्तरीमा ६–६हजार, सिराहामा ४ हजार धनुषा र मोहत्तरीमा ५–५ हजार त्रिपाल पढाउने निर्णय उपसमितिले गरेको छ ।


हेटौडा क्षेत्रियप्रशासनकार्यालय गोदाममा रहेका ४० हजार त्रिपाल र टेन्ट मध्ये बारा र सर्लाहीमा ५–५ हजार, रौतहटमा १५ हजार, पर्सामा ४ हजार, मकवानपुरमा २ हजार र चितवनमा ३ हजार त्रिपालवितरण गरिने निर्णय भएको हो ।


काठमाडौं–मानवीय सहायता स्थलमाभएका साम्रगीमध्ये नवरपरासीमा ४ हजार, रुपन्देहीर कपिल्बस्तुमा १ हजार, दाङमा ४ हजार, बाँके र बर्दियामा ५–५ हजारका दरले वितरण सुरु गरिने सहरी विकास मन्त्रालयले स्पष्ट पारेको छ ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीयप्रशासनकार्यालय धनगढी गोदाममा रहेका १ हजार १ सय ८५त्रिपालतथा टेन्ट आवश्यकताकाआधारमाकैलालीलगायत क्षेत्रमावितरण गरिने भएको हो ।


पूर्वाञ्चल क्षेत्रियप्रशासनकार्यालय, इनरुवाबाट ३० हजार, मध्यपश्चिम क्षेत्रीयप्रशासनकार्यालय हेटौडाबाट ३४ हजार, काठमाडौंबाट २० हजार धनगढीबाट १ हजार त्रिपालवितरण गरिने भएको हो ।


बाढीग्रस्त जिल्लाहरुमाजिल्ला दैविप्रकोप उद्धार समितिको समन्वयमाआवश्यक परेका स्थानहरुमाशहरी विकास तथाभवननिर्माण विभागबाट तयार भएको नमूना डिजाइन अनुसार अस्थायी आवास निर्माण गर्न विभागको डिभिजन अनुसार कार्यालयहरुले प्राविधिक सहयोग पु¥याउननिर्देशनदिने निर्णयभएको हो ।


हालसम्मइनरुवा क्षेत्रियप्रशासनकार्यालयको गोदाममा रहेकात्रिपाल ४४ हजार ८ सय थान, कम्बर ५ सय ३१ कार्टन, कम्बर १५१ बोरा, चाईना टेन्ट १ सय प्याक, डम टेन्ट १ सय सेट र चाईनिजत्रिपाल ४ सय ९५ छन् । हेटौडा क्षेत्रियप्रशासनकार्यालय गोदाममा ४० हजार थानत्रिपाल टेन्ट छन । पोखरा क्षेत्रियप्रशासनकार्यालय गोदाममा १६ सय टेन्ट त्रिपाल छन ।


सुर्खेत क्षेत्रियप्रशासनकार्यालय गोदाममा २ सय त्रिपाल र एक सय टेन्ट छन । धनगढी क्षेत्रियशासनकार्यालय गोदाममात्रिपाल १ हजार १ सय ८५ थान र ५५ थान टेन्ट रहेका छन । काठमाडौंमात्रिपाल ३० हजार थान र टेन्ट ५ सय थान रहेका छन ।


अहिलेसम्म आठ जिल्लाझापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके र बर्दियाबाट साम्रगाीको औपचारिक रुपमामागआएको छ । अहिलेसम्मयी जिल्लाबाट १ लाख १२ हजार २० त्रिपालतथा टेन्टको मागभएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood