annapurna add

गणेश विक, काठमाडौ । समाचार लेखेकै आधारमा बाजुराका पत्रकार नियन्त्रण लिएकाे घटना प्रति राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रीय कार्यालय काठमाडौंले आपत्ति जनाएको छ।

prembknews kantipathसमाचार लेखेको विषयमा प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति केन्द्रीय संघले आपत्ति जनाएको हो।

पछिल्लो समय प्रेम विकले अनियमितता र केही गलत कार्य गर्नेलाई समाचारको माध्यमबाट भण्डाफोर गर्दै आएका थिए ।
सोही विषयलाई लिएर पत्रकार विकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो’, सोमबार राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय महासचिव लक्ष्मण दर्नालद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेको विषयप्रति आपत्ति रहे त्यसको कानुनी उपचारका अन्य मार्ग हुँदाहुँदै प्रहरीले पत्रकारलाई नियन्त्रण लिएकाे घटना प्रति संविधानविपरीत हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो।

विज्ञप्तिमा संघले प्रहरीको ज्यादतीविरुद्ध कडा शब्दमा भत्र्सना गरेको छ। सँगै राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रीय कार्यालय काठमाडौंले यो विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

संघ प्रहरीद्वारा प्रेसमाथि गरिएको यो ज्यादतीको कडा भत्र्सना गर्दछ र प्रेसलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको वातावरण बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’।

बाजुराका पत्रकार प्रेम विक माथि भएको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रश्न उब्जाएको भन्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रीय कार्यालय काठमाडौंले घटनाको छानविन गरी दोषी उपर कडा कारवाहिको माग गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...