annapurna add

press council nepal journalistकाठमाडौं । पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिल नेपालमा धर्ना गरेका छन् । पत्रकारहरुले प्रेस काउन्सिल शुद्धीकरण अभियान र पत्रपत्रिका वर्गीकरणमा गरिएको विभेद विरुद्ध आफुहरुले राखेको माग सम्बोधन नभएको भन्दै शुक्रबार धर्ना दिएका हुन् । उनीहरुले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् । धर्ना कार्यक्रममा आन्दोलनरत केन्द्रिय संघर्स समितिका संयोजक दिपक पाण्डेले प्रेस काउन्सिलले वषौंदेखि गर्दै आएको अन्याय र अत्याचारको निर्मुल गर्ने अभियानमा आन्दोलन गर्नुपरेको थियो । उनले काउन्सिलमा आफना मागहरु सहितको ज्ञापनपत्र बुझाउँदा समेत छलफलका लागि नबोलाइएको भन्दै पत्रकारहरुको वर्गिकरण गर्न नहुने बताए । उनले पत्रिका वर्गिकरणको नाउँमा स्रोत र साधनको दोहन गरिएको समेत बताए ।

याे पनि पढ्नुहाेस् - फ्रान्सको दक्षिण–पश्चिमी नगर डाक्समा हाँसहरूले मुद्दा जितेका छन्। कृषक डोमिनिक डाउथका पाँच दर्जन हाँसका पक्षमा अदालतले फैसला गरेको हो। पाइरेनेस हिम शृंखलाको काखमा रहेको डाक्स नगरमा डोमिनिकले हाँस पालेकी छिन्। एक वर्षअघि राजधानी पेरिसनिवासी एक जना धनाढ्यले डोमिनिकको घरनजिकै अलिकति जमिन किनेका थिए। किसानका हाँस कराएर बसिटिक्न नसकेको भन्दै ती धनाढ्यले अदालतमा मुद्दा हालेका थिए। उनका वकिलले अदालतमा हाँसहरूको आवाजले आफ्नो पक्षको मान्छेको दिनचर्या नै बिथोलिदिएको बताएका थिए। ‘हाँसको क्वाक–क्वाकले मेरो क्लाइन्टलाई सास्ती भएको छ,’ उनले अदालतमा भनेका थिए, ‘उनी न बगैँचामा आराम गर्न सक्छन् र झ्याल खोलेर सुत्न सक्छन्।’ वादी धनाढ्यले किसान डोमिनिकले हाँस पाल्न छोड्नुपर्ने र ३५ सय युरो हर्जाना तिर्नुपर्ने माग गरेका थिए। तर, अदालतले डोमिनिक अर्थात् हाँसहरूको पक्षमा फैसला गरेको छ र ती धनाढ्यलाई लोप्पा खुवाइदिएको छ। हाँसहरूको आवाजविरुद्ध मुद्दा हाल्ने धनाढ्यको परिचय खुलाइएको छैन। किसान डोमिनिक फैसलापछि असाध्यै खुशी छिन्। ‘मेरा हाँसले मुद्दा जितेका छन्,’ उनले प्रसिद्ध समाचार संस्था ‘रोयटर्स’सँग भनिन्, ‘म असाध्यै खुशी छु। अब मैले बिनाअवरोध हाँस पाल्न पाउने भएकी छु। मुद्दा हारेको भए मैले आफ्ना प्यारा हाँस मासु–व्यापारीलाई बेच्नुपथ्र्याे। मैले त्यत्रो माया गरेर पालेका हाँसको हत्या हुन्थ्यो।’

बिदा मनाउनका लागि ग्रामीण क्षेत्रमा घर किन्ने शहरका धनाढ्यका कारण फ्रान्सको ग्रामीण जीवन प्रभावित भएको बताइन्छ। गाउँले र शहरियाबीच एक खालको द्वन्द्व सुरु भएको छ। गत सेप्टेम्बरमा मौरिस नामको कुखुराको भाले पाल्ने किसानले जितेको मुद्दाले विश्वव्यापी चर्चा पाएको थियो। शहरबाट गाउँमा बस्न आएका एक जना धनाढ्यले मौरिसले एकाबिहानै बासेर आफ्नो निद्रा भंग गरिदिएको भन्दै किसानविरुद्ध मुद्दा हालेका थिए। अदालतले मौरिसको बास्न पाउने अधिकारको पक्षमा निर्णय गरेर ती धनाढ्यको सेखी झारिदिएको थियो।

याे पनि पढ्नुहाेस् - नयाँ पत्रिका - नक्सापासविना बालुवाटारमा प्रधानमन्त्रीनिवास, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास बन्दै गरेको समाचार छ । बालुवाटारमा दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ, जसको २० प्रतिशत काम सकिएको छ । सिंहदरबारको पुतलीबगैँचाको १७३ रोपनीमा ६ अर्ब ९२ करोड लगानीमा संसद् भवन बन्दै छ । त्यस्तै भैँसेपाटीमा १२५ रोपनी जग्गामा ९७ करोड लगानीमा मन्त्रीनिवास बन्दै छ । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै नक्सापास नगरी काम धमाधम भइरहेको छ । नक्सापासविना भवन बन्न थालेकोमा विरोध गर्दै भैँसेपाटीका स्थानीय बासिन्दा महानगरपालिका पुगेर विरोध गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन बन्दै छ । तर, करिब २० प्रतिशत काम पूरा हुँदासमेत नक्सापास भएको छैन । प्रधानमन्त्रीनिवास मात्रै होइन, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास पनि नक्सापास नगरी बन्दै छन् । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै ठेकेदारले तीव्र गतिमा काम गरिरहेका छन् ।

कान्तिपुर - देउवाले स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेपछि मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने अडान लिँदा पौडेल पक्षले बैठक बहिष्कार गरेको हो । बहिष्कारबीच बसेको केन्द्रीय बैठकले आन्तरिक मुद्दामा निर्णय नगरी समसामयिक विषयमा पार्टीको दृष्टिकोण सार्वजनिक गरेको छ । समायोजन नसकिएको, क्रियाशील सदस्यता अद्यावधिक र वितरणको काम सुरु नै नभएकोले समायोजनपछि मात्रै कार्यतालिका ल्याउन सकिने धारणा देउवा र उनी पक्षीय नेताहरुको छ । 

अन्नपूर्ण - ‘अब महाधिवेशनमै जोड दिनुपर्छ,’ बैठक बहिष्कार गरेपछि नेता पौडेलले भने, ‘हामीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्छ भन्यौँ, उहाँहरु सहमत हुनु भएन । बहुमतमा पेलेरै निर्णय गर्ने हो भने किन बैठकमा बसिरहनुप-यो ?’ प्रमुख प्रतिपक्षको भूमिका कमजोर रहेको आरोप काँग्रेसमाथि छ । काँग्रेसको किचलोले गुटबन्दी थप प्रभावशाली हुने निश्चित छ ।नागरिक दैनिकका अनुसार पौडेलले १३ औँ महाधिवेशन भएको आगामी फागुनमा चार वर्ष पूरा हुने भन्दै यसअघिको निर्णय अनुसार बैठकको अजेन्डामा १४ औँ महाधिवेशनको कार्यतालिका पनि हुनुपर्ने धारणा राखेका थिए । मंसिर अन्तिममा बस्ने केन्द्रीय समितिमा महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने निर्णय भएको स्मरण गराउँदै पौडेलले उपसभापति निधिलाई १४ औँ महाधिवेशन गराउन अब कति समय चाहिन्छ, त्यसबारे पनि कुरा हुनुपर्ने भन्दै छलफलको विषय थप गर्न आग्रह गरेका थिए । निधिले ल्याएको नौबुँदे प्रस्तावसहित सभापति देउवाको कार्यकक्षमा पौडेलसहितका नेताहरु पुगेका थिए । 

नागरिक - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सभामुखको उम्मेदवार छान्न सकस परेको छ। पार्टीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अधिकार दिए पनि अहिलेसम्म उनीहरूले नाम टुंगो लगाउन नसकेका हुन्। दुवै अध्यक्ष आफूनिकट व्यक्तिलाई सभामुखको जिम्मेवारीमा पु-याउने रणनीतिमा तल्लीन रहँदा रिक्त सभामुखमा पार्टीका तर्फबाट कसलाई अघि सार्ने भन्ने टुंगो लाग्न नसकेको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सरकारलाई समेत सहयोग गर्ने व्यक्तिलाई सभामुखमा ल्याउन चाहन्छन्। हाल उपसभामुख रहेकी शिवमाया तुम्बाहाङ्फेले पनि सो पदमा दाबी गरेकी छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटर आफू सो पदमा योग्य भएको जनाइसकेकी छन्। पार्टीका विभिन्न नेतासँग पनि उनले छलफल गरेकी छन्। तर पार्टीका दुवै अध्यक्ष उनलाई सभामुख बनाउन तयार नभएको स्रोतले जनाएको छ। उपसभामुख तुम्बाहाङ्फेले पार्टीका कार्यकारी अध्यक्ष दाहालसँग समय मागे पनि उनले समय दिएका छैनन।

कान्तिपुर - नेकपा अध्यक्ष पुष्पकल दाहाल आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहितको राजनीतिक दस्तावेज तयारीमा जुटेको समाचार छ । पहिलो पटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्तावेज पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवम् अर्का अध्इक्ष केपी शर्मा ओली रनेकपा सचिवालय सदस्य तथा केही स्थायी समिति सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका छन् । शीर्ष नेताबीच कै विवाद नमिल्दा प्रत्येक तीन महिनामा बस्ने भनिए पनि एक वर्षदेखि नेकपाको स्थायी समिति बैठक टर्दै आएको थियो । दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनबारे कार्यविभाजन भएपछि स्थायी समिति बैठक बस्न लागेको हो । 

कान्तिपुर - पत्रकार सम्मेलनमा ढिलो पुगेको भन्दै एक समूहले नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलाई बिहीबार दिउँसो सार्वजनिक स्थलमै मरणासन्न हुने गरी कुटपिट गरेको छ । धरान– १२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा बचत गर्नेहरु ठगिएको विषयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनमा काफ्ले ढिलो पुगेको भन्दै सांघातिक आक्रमण गरिएको थियो । आक्रमणबाट काफ्लेको नाक भाचिएको छ भने दाँया आँखामा गम्भीर चोट लागेको सिटी स्क्यानबाट देखिएको छ । घाइते काफ्लेको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

पुरा पढ्नुहाेस् - https://www.kantipath.com

प्रकासित मिति

 
 
Loading...