Pressure cooker bombs found kantipathnewsसुजन ढकाल हेटौंडा । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ को कार्यालयमा आगजनी भएको छ । वडा नम्बर ५ को आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार राती करिब ११ः४० बजेतिर कार्यालयमा आगजनी भएको वडा अध्यक्ष विष्णु बहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङले भने–‘ढोका फुटाएर, पेट्रोल, मट्टितेल छर्केर आगो लगाएको रैछ, विद्युत मीटर बक्स फुटेको आवाजपछि गाउँलेले थाहा पाएकाे हाे ।

वडा कार्यालयमा रहेको सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

यसगरी : सिराहाकाे कर्जनाहा–३ स्थित कमला नदीको बगरमा प्रेसर कुकर बम फेला परेको छ । नदी किनारामा गिट्टी कुट्ने कामदारले बम फेला पारेका हुन् ।

किनारामा फेला परेको प्रेसर कुकर बम अरु नै स्थानबाट बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिराहका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीको भनाइ छ ।

बम निस्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली त्यस तर्फ लागेको प्रहरीले जनाएकाे छ ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...