1478958692 banner ad format

 
 

नयाँदिल्ली  । मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरुले भेटवार्ता गरेका छन् ।

Prime Minister Deuba runs to Hyderabad

प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का नेता सीताराम येचुरी तथा बहुजन समाज पार्टीका नेता सुरेश भदौरियाले भेटवार्ता गरे ।

साथै प्रधानमन्त्री देउवासँग भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले पनि भेट गरे ।

उनीहरुबीच नेपाल र भारतबीचको द्विपक्षीय हित, समसामयिक राजनीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिए । 
त्यस्तै, प्रधानमन्त्री देउवा आज दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गरे ।

प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी लिनेछन् ।

प्रधानमन्त्री देउवासँग आजै साँझ तेलंगना तथा आन्ध्र प्रदेशका राज्यपाल इएसएल नरसिंहनले शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood