काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीकाबारेमा छलफल भएको छ ।

Prime Minister Sher Bahadur Deuba and CPN Maoist Chairman Pushpa Kamal Dahal min

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटवार्तामा सोमबार प्रदेश नम्बर–२ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाकाबारेमा कुराकानी भएको हो ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल भएको हो ।

‘प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री दाहालले सरकारको काम–कारबाही प्रभावकारी बनाउन आग्रह गर्नुभयो’–अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री देउवाले यही असोज ३ गतेदेखि संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि गर्न लागेको संयुक्तराज्य अमेरिकाको भ्रमणको विषय र नेपालले उठाउनुपर्ने विषयमासमेत छलफल भएको थियो ।

त्यस्तै, प्रदेश र संघीय निर्वाचनको तयारीका विषयमासमेत सो अवसरमा सामान्य कुराकानी भएको बताइएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको व्यस्तताका कारण सरकार सन्चालनलगायत विषयमा दुई दलकाबीचमा छलफलसमेत हुन नपाएका सन्दर्भमा आइतबार नेपाली कांग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...