1478958692 banner ad format

 
 

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारबाट हुने भारत भ्रमण तालिका सार्वजनिक भएको छ । 


परराष्ट्र मन्त्रालयले सोमबार भ्रमण तालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री देउवा यहि भदौ सात गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा त्यसतर्फ जाादैछन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भारतीय  राष्ट्रपति भवनमा बस्नेछन् । 


देउवासँगै पत्नी आरजु राणा पनि भारत जाने भएकी छिन् । देउवको टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अरु मन्त्री, सांसद, निजी सचिवलायका कर्मचारी र सरकारका अन्य उच्च पदस्थ अधिकारीहरु रहनेछन् । यद्यपी भ्रमण टोलीमा अरु कोको र कति जना जाने भन्ने मन्त्रालयले खुलाएको छैन ।

प्रधानमन्त्री देउवाले भदौ ८ गते राष्ट्रपति भवनमा दिइने ‘गार्ड अफ अर्नर’ मा सहभागि हुने र उनले राजघाटस्थित माहात्मा गान्धीको समाधि स्लथमा गएर श्रद्धान्जली व्यक्त गर्नेछन् । भारत भ्रमणका क्रममा प्रम देउवाले भारतीय राष्ट्रपति रामनाथ र भारतीय उपराष्ट्रपतिलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।


भारत भ्रमणका क्रममा देउवाले नेपाली दुतावासले आयोजना गर्ने कार्यक्रममा सहभागि हुने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । त्यस्तै भारतका बुद्धिजिवी र व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तथा आन्द्र प्रदेशको तेलङ्गना र बिहारको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood