annapurna add

काठमाडौं : मानिस विभिन्न मुद्दामा अनाहकमा हिरासतमा बस्नुपर्ने बाध्यता दिनानुदिन बढ्दै गएको छ ।

jail scientistहिजो (सोमबार) मात्र काठमाडौं जिल्ला अदालतबाट पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएलगत्तै रिहा मुक्त भए । उनीमाथि संसद सचिवालयमा कार्यरत रोशनी शाहीले बलात्कारको आरोप लगाएपछि गत असोज १९ गते पक्राउ परेका थिए । र पछि पुर्पक्षका लागि थुनामा रहेका थिए । रोशनीको स्वास्थ्य परीक्षण रिपोर्टका अनुसार रोशनीमाथि बलात्कार नभएको भेटियो ।

त्रिवि शिक्षण अस्पतल महाराजगञ्जमा भएको रोशनीको स्वास्थ्य परीक्षणमा रोशनीको शरीरको विभिन्न स्थानमा घाउचोट भएपनि यौनाङ्गहरुमा कुनै चोट नभएको जनाएको छ । जसअनुसार महरालाई जिल्ला अदालत काठमाडौंले सफाई दिएको थियो । पूर्वसभामुख महरा अनाहकमा १ सय ३ दिन डिल्लीबजार कारागारमा रहनुपर्यो । प्रहरी कार्यालयमा आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दएकी रोशनीले पछि आफूमाथि बलात्कार नभएको भन्दै निवेदन फिर्ता लिन कोसिस गरेकी थिइन् ।

यस्तै एसएसपी सौरभ राणामाथि पनि एक महिलाले आफूमाथि यौन दुव्र्यहार गरेको भन्दै मुद्धद्दा हालिन् । एसएसपी राणा पक्राउ परे र रिहा पनि भएका छन् । ती महिलाले एसएसपी राणाले आफूमाथि इटहरीको एक होटलमा बलात्कार गरेको आरोप लगाएका थिए भने पछि बलात्कार नभएको भन्दै मुद्दा फिर्ता लिन खोजेकी थिइन् । लेनदेनको कारोबार नमिलेपछि त्यस्तो झुटो मुद्दा दायर गरेकी ती युवतीले स्वीकार गरेकी थिइन् । पछि एसएसपी राणाले सफाई पाए ।

यस्तै प्रकृतिको घटना अहिले फेरी बाहिर आएको छ । डिल्लीबजारस्थित दूरदर्शन सहकारी संस्थाका प्रबन्धक प्रमोदहरी अधिकारीमाथि अहिले यस्तै प्रकृतिको मुद्दा परेको छ भने उनी हाल टेकु प्रहरीको हिरासतमा रहेका छन् । उनीमाथि आफ्नै कार्यालयकी महिला कर्मचारीलाई कार्यालयमै बलात्कार गरेको गम्भीर अभियोग लागेको छ ।

अधिकारीले कार्यालयमै बलात्कार गरेर सिसिक्यामेराको भिडियो राखेर ब्लाकमेलिङ गरेको आरोपमा उनी अहिले हिरासतमा बस्न पुगेका हुन् । तर, अनुसन्धानका क्रममा अर्कै कुरा भटिएको छ । त्यो हो उनका कर्मचारीले हिनामिना गरेको रकम चुक्ता गर्न नसकेपछि झुटो मुद्दा लगाएको । मुद्दा अनुसन्धानकै क्रममा रहेकोले यसै भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । तथापी ती युवतीले हिनामिना गरेको रकमका विषयमा अदालतमा मुद्दासमेत चलिरहेको छ । त्यसको बदलामा प्रबन्धकविरुद्ध बलात्कार मुद्दा दिइएको अनुसन्धानमा खुलेको छ ।

ती युवतीले आफूमाथि अधिकारीले गत भदौमा बलात्कार गरेको भन्दै अहिले निवेदन दर्ता गराएकी छन् । अहिले पक्राउ परेपछि ठगीको मुद्दा फिर्ता लिएमात्र आफूहरुले उजुरी फिर्ता लिने भन्दै ती युवतीले अधिकारीलाई ब्लाकमेलिङ गरिरहेका छन् ।

यसैगरी पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउँजुमाथि पनि यौनदुर्व्यवहारको आरोप लागेको छ । ललितपुर महाकालकी २१ वर्षीया युवतीले डीएसपी खिउँजुले आफूमाथि बलात्कार गरेको भन्दै ललितपुर प्रहरी परिसर जावलाखेलमा किटानी जाहेरी दिएकी थिइन् ।

एक वर्ष अगाडी घटेको यौनकाण्डको विषयमा अहिले बाहिर आएपछि यौनकाण्ड लागेका डीएसपी खिउँजु भने अहिले फरार भएका छन् । सेवा अवधि छदै जागिरबाट राजीनामा दिएका डीएसपी खिउँजु फरार भएका हुन् ।

यो त केही प्रतिनिधि पात्र मात्र हुन् । यस्ता घटना बग्रेल्ती यही समाजमा पाइन्छन् ।

यसरी प्रहरीमा दर्ता हुने बलात्कारका करिब ५० प्रतिशत घटना यस्तै हुने गरेका छन् । अब पनि प्रहरीले यस्ता उजुरी अध्ययन नै नगरी मुद्दा दर्ता ग-यो भने धेरै निर्दोष व्यक्तिहरु फस्ने निश्चित देखिन्छ । यसकारण प्रहरीले यस्ता मुद्दामा हात हाल्नुभन्दा पहिले राम्ररी अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

थप समाचार पढ्नुहाेस् 

पूर्वसभामुख महराद्वारा आभार प्रकट

काठमाडौं जिल्ला अदालतकाे निष्कर्ष : महरा रोशनीको डेरामा गएका थिएनन्

महरा प्रकरण : रोशनीको मेडिकल जाँच गर्ने डाक्टरको यस्तो छ रिपोर्ट

 पूर्वसभामुख र उपसभामुखको खास दिन : एक घर छिर्दा अर्काे मन्त्रालयमा

पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

डिल्लीबजार कारागारभित्रै पूर्वआईजीपी र पूर्वडीआईजी गरे महराको बिदाइ

महराविरुद्धको मुद्दामा बहस सकिएलगत्तै जिल्ला अदालतबाट आयो यस्तो खबर

महराको मुद्दा हेर्दा हेर्दैमा

पुर्पक्षका लागि कारागार चलान भएका महराको सांसद पद के हुन्छ ?

काठमाडाैं जिल्ला अदालतले महरालाई दिएकाे आदेशको विवरण यस्तो छ

‘भीभीआईपी यौन काण्ड’ : रोशनीको मुख थुनेर महरालाई जेल पठाउने फैसला !

 कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा

महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने

महरा आज छुट्दै !

सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान

 महरा प्रकरणको २८ दिनमा के-के भयो ?

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

म रोशनीको घरमा गएको छैन, महरा

महराको बहस आज

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज :‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

 को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

 रोशनी शाही गायब, प्रहरीलाई तनाव

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर