annapurna add

bir kaidi mrityu CaYlkXSnzs

केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको छ । शनिबार उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारले दावी गरेको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन ।

परिवारले हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् । जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए । असोज २२ मा उनी जेलमुक्त हुँदै थिए । छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुगिन् । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी छिन् । 

शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई लाठीले हिर्काएको छ । प्रहरीको लाठीबाट उनको हात भाँचिएको छ । केन्द्रीय कारागारमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार