annapurna add

120104311 776882009554508 2545107820606320248 n

केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका शनिबार राति शंकास्पद मृत्यु भएपछि आफन्तहरुको विरोधपछि सरकारले उक्त शवको पोस्टमार्टम गर्ने भएको छ। चर्को विवादपछि गृहले उनको पोस्टमार्टम गर्ने निर्णय गरेको हो। आज

मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोस्टमार्टमको माग गरेका थिए। मृतक ६३ वर्षीय रामलखन जैसवालको आँखा झिकिएको र शरिरको विभिन्न भागमा चोट रहेको उनकी छोरी रश्मी जैसवाललगायत आफन्तले दाबी गरेका छन्। मंगलबार बिहान उनीहरुले वीर अस्पतालअघि प्रदर्शन पनि गरेका छन्।

‘कोरोना पोजेटिभको रिपोर्ट देखाएर हत्या लुकाउने र अङ्ग झिक्ने काम भएको छ। जेलमा उहाँको हत्या भएको हुनुपर्छ। मेरो बुबाको पोष्टमार्टम गरियोस्’, रश्मीले सञ्चारकर्मीसँग भनेकी थिइन्। उनले मृतक जैसवालको शवलाई नजिकैबाटै खिचिएका तस्विर पनि सार्वजनिक गरेकी छिन्। तर आज कारागार कार्यालयका जेलर लक्ष्मी प्रसाद बास्कोटा र बिर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले संयुक्त प्रेस बिज्ञप्ति निकाल्दै शवलाई रेफ्रीजेरेटरमा नराख्दा हुने सामान्य प्रक्रिया भन्दै मिडियामा आएका समाचार भ्रामक भन्दै खण्डन गरेका छन् ।

पार्किन्सन र प्रेसरका विरामी जैसवालको गत शनिबार राति अन्दाजी १० बजे निधन भएको थियो। विर अस्पतालका निर्देशक सेन्चुरीले जैसवाललाई अस्पताल ल्याइपुर्‍याउनुअघि नै उनको मृत्यु भइसकेको र त्यसपछि कोरोना परीक्षण गरिएको बताए। ‘अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको थियो। त्यसपछि कोरोना परीक्षण गर्ने काम भयो। सोमबार रिपोर्ट पोजेटिभ आयो। उनको शरिरमा त्यस्तो कुनैपनि चोट छैन’, सेन्चुरीले भने।

यता केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले आरोपहरु झुट्टा भएको दावी गरे। उनले जैसवाललाई सास फेर्न समस्या भएपछि शनिबार राति १० बजे वीर अस्पताल लगिएको बताए। जेलबाट निस्कँदा उनी नमस्कार गर्दै विदा भएको र शरिरमा कुनैपनि किसिमको चोट नदेखिएको हाम्रो सिसिटिभी फुटेजमा देखिन्छ’, बास्कोटाको दावी छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...