bhada

काठमाडौं - असार १ देखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले वृद्धि गरेको छ ।


छोटा तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुख लगायत सँग छलफल गरी भाडादर समायोजन गरिएको हो ।

मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्य वृद्धि लगायतका कारण भाडादर वृद्धि गरिएको बताइएको छ ।

अब असार १ गतेदेखि काठमाडौं उपत्यकाको सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो । त्यसै गरी रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपैयाँ भाडा तिुर्न पर्ने जनाइएको छ ।

यस्तै ट्याक्सी भाडा पनि बढेको छ । अब सुरुको एक किलो मिटरसम्म ५० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसाका दरले भाडा बढ्दै जानेछ । यसअघि सुरुको एक किलोमिटरमा ३९ रुपैयाँ भाडादर रहेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर