falgu nandaफाल्गुनन्द जयन्तिको अवसरमा इलामको माइ नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आगामी कार्तिक २५ गते नगर भित्रका सबै संघ संस्था तथा कार्यालयमा सार्वजनिक बिदा दिने भएको हो 

नेपालका १६ औँ राष्ट्रिय विभूति तथा समाजसुधारक महागुरु फाल्गुनन्दलाई पूर्वको लिम्वुवानी समाजकका सुधारक, मुन्धुम (लिम्बू जातीको वेद) को संरक्षण कर्ता ,ध्यानी योगी तथा धार्मिक अगुवाका रुपमा चिनिन्छ। फाल्गुनन्दले धार्मिक प्रचलन निर्माणको काम गरेकोले महागुरु समेत भन्ने गरिन्छ।

विंस १९४२ साल कातिक २५ गते जन्मिएका फाल्गुनन्दको जन्म जयन्तिको अवसरमा पाँचथरको लोबे्रकुटी, सिलौटी, इलामको लारुम्बा, झापाको दमक, तेह्रथुमको अठाराई , धनकुटा, ताप्लेजुङ लगायतका ठाँउमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

हेर्नुहोस सूचना :

mai nagarpalika

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...