Holiday
कात्तिक २४ गते आइतबार प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ज्ञानेन्द्र कुमार यादवले आइतबार पैगम्बर मोहम्मदको जन्मदिनको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर एक दिन बिदा दिनेगरी यसअघि नै आफ्नो विदा सम्बन्धी क्यालेण्डर बनाएको थियो ।यो पनि पढ्नुस भारतीय विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एक पक्षीय निर्णय अस्वीकार्य हुने बताएको भन्दै भारतको आधिकारिक धारणा मागिएको थियो। तर भारतको हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले भने, ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ । 

नक्सामा सीमा हेरफेर गरिएको छैन ।’ तर नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने उनले बताए । उनले सीमा विवादको विषय दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ हुन सक्नेतर्फ सचेत गराएका छन् ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ । यसलाई लिएर चर्को विरोध भएपछि सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताएको थियो ।भारतको विवादित नक्साका बारेमा जताततै वि*रोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको वि*रोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भू-भागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिप्रति पनि धेरैले प्रश्न उठाइरहेका छन् । मन्त्रालयको ‘लेटर हेड’ मा जारी विज्ञप्तिमा संक्षिप्त हस्ताक्षर भएको, हस्ताक्षर कर्ताको नाम र ओहोदा उल्लेख नगरिएको भन्दै सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन् ।नेपाल सरकारले जारी गरेको विज्ञप्ति अपुरो रहेको भन्दै नेपालभित्रै टिप्पणी भइरहेको समयमा यही विषयमा पाकिस्तानले भने भारतको कदमको कडा वि*रोध गरेको थियो । भारतले नक्सा जारी गर्दैमा स्थिति परिवर्तन नहुने पाकिस्तानले प्रष्ट पारेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...