1478958692 banner ad format

 
 

काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच एकताको घोषणा भोलि (बुधबार) हुने भएको छ । दुवै पार्टीका नेताहरु अहिले एकताको मोडालिटीबारे अन्तिम छलफलमा जुटिरहेका छन् ।

Rabindra mishra and Ujwal Thapa

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी (वा दल) रहन सक्ने बताईएको छ । यसको विकल्पमा ‘साझा विवेकशील पार्टी (वा दल) पनि प्रस्ताव भएको स्रोतको भनाई छ । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय बनाउने सहमति भएको छ । केन्द्रीय समितिमा अहिले दुवै पार्टीबाट १७/१७ जना राख्ने र पछि थप १७ जना मनोनित गरिने छ ।

 

एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व रहने बताइएको छ । उनीहरुको अधिकार र बरियता समान रहने स्रोतले बतायो । उनीहरुको पदको नाम के राख्ने भन्नेमा छलफल जारी छ ।

वैचारिक र सैद्धान्तिक विषयहरु भने सबैजसो मिलिसकेका छन् । पहिले साझा पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र त्यसपछि औपचारिक एकता गर्ने सहमति छ । जतिसक्दो चाँडो महाधिवेसन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी बनिसकेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood