1478958692 banner ad format

 
 

काठमाडौँ - गजलकार राज बिसर्जनको गजल संग्रह 'माटो' बिमोचन भएको छ । आज शनिबार (सावन ७ गते) कालिकास्थान स्थित सर्वनाम थिएटरमा विभिन्न स्रस्टाहरुद्वारा गजल वाचन गर्दै गजल संग्रह 'माटो' बिमोचन गरिएको हो 

Raj Bisarjan MATO

संग्रहको प्रकासक शिखा बुक्स रहेको छ भने वितरक ज्ञानज्योति बुक्स पब्लिकेसन प्रा. लि रहेको छ । 

आठविस नगरपालिका १ दैलेख निवासी राज विसर्जनको 'माटो' यो पहिलो कृति हो । २०४९ सालमा जन्मिएका 'राज' बाबु गोरे बिस्ट र आमा ओमकला बिष्टका सुपुत्र हुन् ।  उनका गजल यस भन्दा अगाडी पनि विभिन्न पत्र पत्रिका तथा अनलाइनहरुमा छापिदै आएको थियो ।

Raj Bisarjan MATO 2

गजल संग्रह बिमोचन कार्यक्रममा गजल क्षेत्रका अग्रज व्यक्तित्वहरुको उपस्थिति थियो ।  बिमोचनमा बोल्ने बक्ताहरुमा अमला अधिकारी, विवेक विषालु, रुपक बनबासी लगायत थिए । कार्यक्रममा सुमन स्मारिकाले पनि माटो गजल संग्रहबाट गजल वाचन गरेको थिइन । सो कार्यक्रममा गजलकाकार तथा गजल प्रेमी हरुको उलेख्य उपस्थिति थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood