1478958692 banner ad format

 
 

बीरगंज  । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र वहादुर अमात्यले आज आफनो क्षेत्रमा भइरहेको विकास निर्माणका कार्यहरुको स्थलगत अनुगमन तथा निरिक्षण गरेका छन्  । उनले आफनो क्षेत्र अन्तरगत भइरहेको विरगंज उपमहानगरपालिका वडा नम्बर १, २ र ३ को स्थलगत निरिक्षण तथा अनुगमन गरका हुन्।

Rajendra Bahadur Amatya

 

निरिक्षणका क्रममा वडा नम्बर १ मा रहेका छपकैया बजारको धर्मशाला तथा छठघाट, वडा नम्बर २ मा रहेको नेरा प्रावि स्कुल छपकैया, तथा सडक ढलानको कार्य, ताराचन्द्र स्कुल कविरीस्तान, गायत्री मन्दिरको धर्मशाला लगातयको निरिक्षण गरे। साथै उनले जनताबाट आएको थप सुझावलाई पनि ध्यान दिदै अन्य कार्य पनि अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Rajendra Bahadur Amatya 2

निरिक्षणका क्रममा स्थानीयसँग उनले संसदीय विकास कोषबाट आफनो खर्च गर्ने रकमको एक पैसा पनि फ्रिज हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरे । निरिक्षणका क्रममा नेपाली कांग्रेस नगर अध्यक्ष भोला कलवार, नेविसंघका दिलिप राज कार्की, मनोज साह, आनन्द गुप्ता, दिपेश श्रीवास्तव लगायतको सहभागिता रहेको सांसद अमात्यका स्वकीय सचिव अवधेश साह जानकारी दिए ।

प्रकासित मिति

Loading...

 

yummyfood