1478958692 banner ad format

 
 

काठमाण्डौ। राष्ट्रीय जनता पार्टी नेपालका अध्यक्ष नेता राजेन्द्र महतोले संविधान संशोधन बिना तराई मधेशमा कुनै हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन। रिपोर्टर्स क्लबमा आयोजित विशेष साक्षात्कार कार्यक्रम बोल्दै राजपाका प्रभावशाली नेता महतोले संविधान संशोधन बिना गरिने चुनाव मधेशी जनतालाई मान्य नहुने बताए।

Rajendra Mahato


पहिलो चरणको मतदानमा दुई दिन मात्र बांकी रहँदा राजपा नेता राजेन्द्र महतोको यस कड़ा अभिव्यक्तिले दोस्रो चरणको चुनाव नहुने सम्भावना बढेको छ। कार्यक्रममा बोल्दै महतोले संविधान संशोधनमा ठूला दलको नीयत ठीक नदेखिएको गुनासो गरेका छन। “संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत पुग्नै लाग्दा राप्रपामा अचानक भएको विद्रोह संशोधन रोक्न भएको ठूलो षड्यन्त्र थियो।“ महतोले यस घटनामा राप्रपा मात्र नभएर तीन ठूला दलका मधेश विरोधी नेताहरु पनि यस षड्यन्त्रमा सामेल रहेको आरोप लगाए। 


संविधान संशोधनको विरूद्ध रहेका दलहरु बारे मधेशी जनतालाई राम्ररी ज्ञात भएको र अब हुने मधेश आन्दोलन यिनै दलहरूको खिलाफ हुनेकुरा महतोले स्पष्ट पारे । “मधेशी जनतालाई राम्ररी थाहा भई सकेको छ कुन दल संविधान संशोधनको पक्षमा छ र कुन दलले यसको विरोध गरेको छ।“ मधेशी जनताले अबको आन्दोलनमा त्यस्ता दललाई ठीक पार्ने कुरा बताउँदै राजेन्द्र महतोले संशोधनको विरोधमा रहेका र संशोधन बगैर चुनावमा सहभागी भएका दुबैलाई यसपाली मधेशी जनताले तह लगाउने बताए। उपेन्द्र यादव र संघीय समाजवादी फोरम तर्फ इंगित गर्दै राजपा नेता महतोले संविधान संशोधन बगैर चुनावमा सहभागी भएर संशोधन मुद्दालाई कमजोर बनाएको आरोप लगाए।


“हाम्रा सहयात्री दलको कारण पनि संशोधन प्रक्रिया पछि ढकेलियोको छ। पहिले पुनर्लेखन नगरे यो संविधानलाई मान्दै नमान्ने र अहिले संशोधन बगैर सुटुक्क चुनावमा सहभागी हुने दोहरो चरित्र यसपाली मधेशी जनताले राम्ररी बुझि सकेको छ। अबको आन्दोलन यस्ता प्रवृतिका नेता विरुद्ध पनि हुने छ।“


संविधान संशोधन बिना राजपाले चुनावमा सहभागी नहुने स्पष्ट पार्दै महतोले संशोधन बाहेक आन्दोलनका क्रममा समातिएका र सोही क्रममा लगाइएका झूठा मुद्दाहरु पनि फिर्ता लिन सरकार संग जोडदार मांग गरेका छन। प्रचण्ड सरकारलाई लक्षित गर्दै राजेन्द्र महतोले भने( सरकारले आफू गर्न सकिने काम पनि नगर्दा सरकारको नीयतमा शंका भई रहेको छ। प्रचण्ड सरकार गठनको बेला मधेशी मोर्चा संग गरिएको समझौता अनुरूप झूठा मुद्दा फिर्ता लिने र जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या बढाउने प्रक्रिया अगाडि बढाउन मांग गरे।


संविधान संशोधन लगायत स्थानीय तहको संख्या बढाउने र झुठा मुद्दा फिर्ता लिने काम आगामी ४ गते भित्र नगरे राजपाको नेतृत्वमा संघीय गठबन्धनले कड़ा आन्दोलन थालने बताए। उनले सरकार र तीन ठूला दललाई जेठ ४ गते सम्मको अल्टिमेटम आफूहरुले दिई सकेको बताउँदै यी मांगहरु पूरा नभए राजपा र संघीय गठबन्धनको बैठकले निर्णायक आन्दोलनको घोषणा गर्ने जानकारी दिएका छन।


पत्रकारहरूद्वारा उपेन्द्र यादव एकिकरणमा किन नईएको भनि सोधिएको प्रश्नको जवाब दिंदै महतोले “मधेशी जनताको इच्छा अनुसार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध सात दल मध्य छ दल सामूहिक नेतृत्व प्रणालीलाई स्विकार्दै एकीकृत भई राष्ट्रीय जनता पार्टी बनेको तर यसमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नआउनुलाई मधेशी जनताले ठिक नमानेको र यसको दण्ड जनताले नै दिने“ बताए।

प्रकासित मिति

Loading...

 

yummyfood