1478958692 banner ad format

 
 

सल्यान । अपहरणमा परेका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा आज फेला परेको छ । 
Rajkumar Shrestha Dang Tuls min
श्रेष्ठको शव छत्रेश्वरी गाउँपालिका–४ झिम्पेमा रहेको घना जङ्गलमा फेला परेको हो । श्रेष्ठको हत्या धेरै दिनअघि भएकाले पहिचान गर्न गाह्रो भएको र उहाँले लगाएको लुगाबाट शवको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

गएको जेठ २६ गते राति बेपत्ता भएका व्यापारी श्रेष्ठ चढेको बा १२ च १०७१ नम्बरको गाडी सल्यानकै रिम गाविसमा फेला परेको थियो । अपहरणमा परेका श्रेष्ठको खोजीका लागि नेपाल प्रहरीको सिआइवीको टोली सल्यानमा आएको थियो । 


टोलीले अपहरणमा संलग्नमध्ये केहीलाई पक्राउ गरेपछि श्रेष्ठको हत्या भएको पत्ता लागेको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई दाङ लगेपछि आजै प्रहरीले पत्रकार सम्मेलन गरी थप जानकारी दिने जनाएको छ । 

अपहरण भएको आशंमा अनुसन्धान अघि बढाएको प्रहरीले अन्ततः घटनामा संलग्न एक महिलालाई पक्राउ गर्न सफल भयो । उनै महिलाको बयानका आधारमा प्रहरीले सल्यानमा शव भेटाएको हो ।

प्रहरीका अनुसार, व्यापारी श्रेष्ठको अपहरणमा युवती र भारतीय पेशेवर व्यक्ति प्रयोग भेटिएको छ । श्रेष्ठको शव भेटिए पनि सोही दिन हराएका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ ।

प्रकासित मिति

Loading...

 

yummyfood