गोरखा । गोरखाको पालुङ्टार नगरपालिका–२ चापाभञ्याङमा सडक स्तरोन्नति गर्ने क्रममा रुखको हाँगा भाँचिएर खस्दा डोजर चालकको घटनास्थलमै निधन भएको छ । 



चापाभञ्याङ शारदा माध्यमिक विद्यालय हुँदै पोखराबेँसी सडक स्तरोन्नति गर्ने क्रममाः एक्कासि बरको रुखको हाँगा डोजरमा बज्रिएको थियो । 

घटनामा परी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३५ वर्षीय रामबहादुर लामाको आज दिउँसो घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए । 

रुखको हाँगाले चालक लामाको टाउको र छातीमा चोट लागेको थियो । डोजरको अघिल्लो भाग पनि पूर्णरुपमा क्षति पुगेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, गोरखामा राखिएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर