annapurna add

shakti ko graph

हाल झण्डै दुई तिहाई सरकारको गृहमन्त्री छन् रामबहादुर थापा ‘बादल’ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहेका थापा पार्टी राजनीतिक भूमिकामा पनि निर्णायक मानिन्छन् । तर, उनले पाएको गृहमन्त्रालयको जिम्मेवारी क्रमशः अतिक्रमणमा पर्दै आएको छ ।

नेपालमा कोरोना भाइरसका संक्रमित भेटिएपछि गृहमन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी अहोरात्र खटिरहेका छन् । करिब १ लाख ६० हजार सुरक्षा फौज भएको गृहमन्त्री बादलको निर्देशनमा चल्छ ।

तर, यसअघि गृहमातहत नै रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो मातहतमा ल्याएका थिए । प्रम ओलीले अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहत ल्याउँदा गृहमन्त्री बादलले कुनै आपत्ति जनाएनन् ।

आन्तरिक प्रशासन तथा सुरक्षाकै कारण महत्त्वपूर्ण मानिने गृहमन्त्रालय सरकारको प्रत्यक्ष उपस्थिति महसुस हुने मन्त्रालय पनि हो । जतिबेला आन्तरिक तथा बाह्य सुरक्षा, सूचना र प्रशासनको केन्द्र मानिने गुप्तचर निकाय प्रम ओलीले कटौती गरेर आफ्नो मातहत ल्याएपछि गृहमन्त्री बादल ‘नाममात्रको गृहमन्त्री’ जस्तै बनेका थिए ।

अहिले पनि गृहमन्त्री बादलले अडान लिन नसक्ने भएकै कारण गृहको अधिकार क्रमशः कटौती हुँदै जान थालेको विश्लेषण समेत हुन थालेको छ । जसका कारण गृहमन्त्री थापा नै असफल हुनपुगेको कतिपय सुरक्षा विज्ञहरुको भनाइ छ । ‘अडान नै लिन नसक्नेले कसरी मन्त्रालय चलाउन सक्छ ?,’ एक सुरक्षा विज्ञले रातोपाटीसँग प्रश्न गरे । प्रहरी सरुवा बढुवामा समेत गृहमन्त्री बादल विवादमा आइरहन्छन् । प्रधानमन्त्री ओलीलाई रिझाएर काम गरिरहेका बादल प्रधानमन्त्रीको बचन नाघेर नजाने बरु चुप बस्ने रणनीतिमा छन् ।

पछिल्लो समय सेना परिचालन गर्ने विषयमा पनि बादल मौन बसेको स्रोतको दावी छ । सेना परिचालनले गृहमन्त्री बादल थप कमजोर रहेको नेकपाकै एक नेता बताउँछन् । ‘कमजोर क्षमता र अडानको कारण गृहमन्त्री बादल असफल बन्न पुगे,’ ती नेताको भनाइ छ ।

संसदको कानुन न्याय तथा मानव अधिकार समितिले रुकुम पश्चिमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाहीका लागि सरकारलाई निर्देशन दिएको छ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधीवक्ता अग्निप्रसाद खरेल, गृहसचिव महेश्वर न्यौपाने, आइजीपी ठाकुर प्रसाद ज्ञवाली लगायतलाई बोलाएर घटनाको सत्थ तथ्य छानबिन गर्ने दोषी उपर कारबाहीको निर्देशन दिएको हो ।

समिति बैठकमा गृहमन्त्री बादलले चौरजहारी घटनाप्रति सरकार गम्भीर रहेको बताउँदै दोषीलाई कडा भन्दाकडा कानुनी कारबाहीका लागि प्रतिवद्ध रहेको जानकारी दिए । उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने सरकार प्रतिवद्ध रहेको जानकारी दिँदै दोषीलाई कुनै पनि हालमा उम्किन नदिने प्रतिवद्धता जाहेर गरे।

उनले कानुन कडा भए पनि व्यवहारिक र वैचारिक सुधारको आवश्यकता रहेको बताए । गृहमन्त्री बादलले विश्वकै प्रजातान्त्रिक र सभ्य समाज रहेको मानिने अमेरिकामा पनि रंगभेदी व्यवहार जारी रहेको प्रसंगबारे पनि समिति बैठकमा चर्चा गरेका थिए । उनकों शक्तिको ग्राफ घट्नुमा उनको आफ्नै मौनता र प्रधानमन्त्रीको शक्ति मोहले काम गरेको छ । उनको लोकप्रियताको ग्राफ घट्नुमा भने छोरा प्रतिक थापाले प्रहरीको सरुवा बढुवामा गर्ने चलखेल र सल्लाहकार सुर्य सुबेदी लगायतको गलत सल्लाहलाइ प्रमुख कारण लिन सकिने नेकपाका एक केन्द्रीय नेताले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...