1478958692 banner ad format

 
 

काठमाडौँ । नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको आज साँझ निधन भएको छ । 

Ramhari Joshi min

दम र निमोनियाको उपचारत नेता जोशीको आज साँझ ७ः३० बजे ग्राण्डी अस्पतालमा निधन भएको उनका भतिजा विष्णु जोशीले जानकारी दिए । घरको शौचालयमा लडेर चोट लागेपछि उनलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उनि ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए । 

विसं १९८३ मा सर्लाहीमा जनमीएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित थिए । नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । काँग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहेका उनि अविवाहित थिए । आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा परेका उनि बि सं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । काँग्रेसले नेता जोशीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

प्रकासित मिति

Loading...

 

yummyfood