पाल्पा - तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ । 

RaniMahal min

आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहलसम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो । 

कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित ताजमहल हेर्नलायकको पर्यटकीयस्थल हो । ऐतिहासिक पुरातात्विक हिसाबले महत्वपूर्ण मानिएको ताजमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो । 

गत वर्ष भदौ असोज महिनामा पर्यटकको ओइरो लाग्ने ताजमहलमा अहिले पर्यटक पाँच÷१० जना पनि नआउने गरेको स्थानीय बासिन्दा बताउँछन् । पहिला यही मौसममा ५० देखि १०० को बीचमा पर्यटक आउने गरे पनि अहिले आन्तरिक तथा बाह्य पर्यटक देख्न मुस्किल भएको स्थानीय बासिन्दा ताराबहादुर थापाले बताए। 

साउनदेखि भदौ महिना वर्षाका कारण पहिरो खसेर अवरुद्ध सडक केही दिनअघिदेखि सञ्चालनमा आए पनि वर्षाका कारण पहिरो खस्ने र सडकमा खोलाखाल्सीले यात्रा कठिन भएको छ । 
ऐतिहासिक, पर्यटकीय, धार्मिक, पुरातात्विक, सांस्कृतिकरुपमा अत्यन्त महत्वपूर्ण मानिएकोे ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलवा धार्मिक पर्यटक भ्रमण गर्न आउने गरेका छन् । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...