annapurna add

42508830 10216133435784710 4174039807426560000 n

संविधान दिवस शनिबार मनाईँदै छ । २०७२ को अशोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष अशोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ । पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि दोस्रो संविधानसभाले संविधान बनाई जारी गरेको हो । नयाँ संविधान कार्यान्वयमा आएको पाँच वर्ष पूरा भएको छ ।

संविधानले देशलाई संघीय व्यवस्थामा लगेको हो र अझै पनि संघीयताले सक्रिय रुपमा काम गर्न सकेको अवस्था भने छैन । यो वर्ष कोरोना भाइरसको महामारीका कारण संविधान दिवसका अवसरमा सार्वजनिक कार्यक्रम हुने छैनन् । यसैबिच अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान दायित्व काँधमा आएको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

तामाङले संविधान दिवसको अवसरमा गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनको पथप्रदर्शन गर्ने अग्रजप्रति सम्मान एवम् श्रद्धासमेत व्यक्त गरेका छन् । तामाङले संविधानको अक्षरस कार्यान्वयन संगै जनजीवनमा यो व्यवस्था प्रति भरोसा र उत्साह देखिनु पर्ने बताएका छन् । जनताकाे ठुलाे त्याग,समर्पण र बलिदानबाट स्थापित संघिय गणतन्त्र नेपालकाे संविधानकाे कार्यान्वयन संगै सबै क्षेत्रमा जनताले परिवर्तनकाे अनुभुति गर्न पाउनु पर्ने बताएका छन् । जनताकाे आस्था कमजाेर हुन गयाे भने ब्यवस्थाकाे आयु घट्छ,प्रतिगमनले टाउकाे उठाउछ, महान शहीदहरुकाे बलिदान खेर जान्छ, यसबारे सासकहरुले गम्भिरतापुर्वक सोच्नुपर्ने बताएका छन् ।

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...