annapurna add

ranjit ddai dalit newsनेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका सह-संयोजक रञ्‍जित तामाङले आफ्नी प्रेमिका लिन गएका नवराज वि.क सहित अन्य व्यक्तिको हत्या भएको घटनाले एक्काईसौं शताब्दीकाे मानव समाज र मानव सभ्यतालाई नै लज्जित तुल्याएको बताएका छन् । रुकुम पश्चिमको चौरजहारीमा भएको उक्त घटना बर्बर भएको र उक्त घटनामा संलग्न सबैलाई कानुनकाे दायरामा ल्याई कडा भन्दा कडा सजाय गर्न सह-संयोजक तामाङले नेपाल सरकार समक्ष माग गरेका छन् ।

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगेका थिए । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन ।

जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट सुरु भएको थियो ।

नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो । कुटाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

तत्कालिन नेकपा (माओबादी)ले जनयुद्धको एउटा नाराको रुपमा 'जातीय भेदभाबको अन्त्य'लाई उठान गरेको थियो, जसले नेपाली समाजलाई रुपान्तरणको यो बिन्दुसम्म ल्याएको तामाङको ठहर छ । जनयुद्धकै राप र तापमा हुर्किएका तामाङले भने महान नेपाली जनयुद्धको तुफानी केन्द्र रुकुममा यस्ता घटना हुनु निन्दनीय छ, कानुनी उपचारको पहलका लागि सरकारसंग जोडदार पहल गर्दछु ।

यसरी नै जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो राष्ट्रले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छुवाछूतको सवाललाई शून्य सहनशीलता प्रभावकारीरूपमा कार्यान्वयन गरियोस् भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...