INSEC

एस्पी लिम्बू /ताप्लेजुङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलबार अर्धबार्षिक प्रतिबेदन सार्बजानिक गरेको छ । उक्त प्रतिबेदन अनुसार पछिल्लो ६ महिनामा बलत्कारका घटना बढि देखिएको छ ।

प्रतिबेदन अनुसार, बलत्कारको घटना ३, बलत्कार प्रयास ५, नाबालिका हत्या १, हत्या २, कुटपिट १ र बहुबिबाह १ घटना पछिल्लो ६ महिनामा भएको हो । मंगलबार नै मानब अधिकार वर्ष पुस्तक २०२० को अर्धबार्षिक समिक्षा पनि इन्सेकले गरेको छ । मानब अधिकारको क्षेत्रमा काम गरिरहेको इन्सेकले प्रत्येक ६ महिनामा नेपालभरिका घटना दर्ता सर्बजानिक गर्दछ ।

प्रत्येक वर्ष अंग्रेजी महिनाको नयाँ वर्षमा वार्षिक प्रतिबेदन सार्बजानिक गर्ने गर्दछ । सोहि अनुरुप ताप्लेजुङमा पछिल्लो ६ महिनाको मानब अधिकार क्षेत्रमा भएको घटना प्रतिबेदन सार्बजानिक गरिएको इन्सेक ताप्लेजुङ प्रतिनीधि देबराज गुरुङले बताए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर